बेलायत, २८ पुस । नेपाली काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले आज बेलायत स्थित चाथम हाउस -रोयलर् इन्सिचीयूट अफर् इन्टरनेशनल एफेएरस) मा आयोजित कार्यक्रममा नेपालको जारी शान्ति प्रकृया र प्रजातन्त्रको भविश्यको बारेमा सम्बोधन गरेका छन्। उक्त कार्यक्रममा नेपालको शान्ति प्रकृया र संविधान निर्माणमा भएको प्रगतीको बारेमा बेलायती बुद्धिजीविहरुले जिज्ञाशा राखेका थिए। बेलायत सरकारले नेपाल सरकारलाई दिदै आएको सहयोगको सराहना गर्दै दुइ देश विचको सम्वन्ध आगामी दिनमा अझ प्रगाढ हुनुपर्ने कुरामा जोड दिए। उनी गत पौष २६ गते वेलायत सरकारको निमन्त्रणामा बेलायतको १० दिने भ्रमणमा गएका थिए। पौडेलसंग नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशी पनि सहभागी भएको प्राप्त जानकारीमा उल्लेख छ।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment