Skip to main content

भंसार क्षेत्र व्यव्स्थापनको जिम्मा निजी क्षेत्रलाई

बीरगंज ६ असोज । / भारत-नेपाल सीमा क्षेत्रमा दिन्हु जस्तै लाग्ने गरेको जामको दृश्य र त्यसबाट आम नागरिकहरुले भोग्नु परेको पीडाबाट सबैजना परिचित नै छन । विश्वमा अन्यत्र यस प्रकारको अव्यवस्थित अंतराष्ट्रिय सीमा क्षेत्र हेर्न पाउनु दुर्लभ नै हुनु पर्छ । यस सम्बन्धमा नागरिक समाजले पटक पटक आवाज उठाउंदै आएको भएता पनि सम्ब्द्ध पक्षहरुले यस विषयमा पटक्कै संवेदनशीलता देखाएका छैनन । ट्राफिक प्रहरीहरु ट्राफिक नियंत्रण भन्दा ट्रकहरुबाट टीप शुल्क उठाउनमा नै मस्त रहेको त्य्हा हेर्न सकिन्छ । अर्को तिर सीमा क्षेत्रको अव्यवस्थाको ठुलो दोष बीरगंज भंसार कार्यालयलाई दिनु पर्ने नै हुन्छ। सडक भनेको सार्वजनिक आवत-जावतको लागि हुन्छ तर बीरगज भंसार बाहिर ठुला ठुला ट्रक र ट्रेलरहरु भंसार जांच पासको लागि दुबै तिर लाईन लगाएर पार्किंग गरिएको दृश्य जहिले पनि हेर्न सकिन्छ । भंसार कार्यालयले पैठारीको माल लिएर आएका ट्रकहरुलाई आफ्नो कम्पाउंड भित्र इंट्री गराएर विधी पुर्वक जांच पास गर्नु पर्ने हो। तर ट्रकहरुलाई मेनरोड मै पार्किंग गराई जांचपास गर्ने गरिएको बाट नै यो समस्या सृजना भएको जानकारहरुको भनाई छ । नेपालको संभवतः सबै भन्दा बढी महसुल असुल गर्ने भंसारको भौतिक पुरवाधारको अवस्था अति दयनीय रहेको छ । यस सम्बन्धमा बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष संग कुराकानी गर्दा बीरगंज भंसार क्षेत्रको व्य्वस्थापनको जिम्मा निजी क्षेत्रलाई न दिए सम्म समस्याको निराकरण हुन न सक्ने कुरा वहांले बताएका छन । निजी क्षेत्रको कुनै कम्पनी भंसार क्षेत्र व्यवस्थापनमा आए पछि लागत खर्च न बढाउनका लागि त्य्सको रेभेन्यु मोडेलको बारेमा भंसार प्र्शासनले खुला दिमागले सोच्नु पर्ने पनि उहांले सुझाव दिनु भएको छ । भंसार प्रशासनले मुल रुपबाट राजस्व स6कलनमा आफुलाई केन्द्रित राखनु पर्द्छ, अहिले भंसार क्षेत्र प्रबन्धनको जिम्मा पनि भंसार प्रशासनलाई नै दिइएकोबाट विभिन्न विसंगतीहरु सृजित भई रहेका छन । बीरगंज ड्राईपोर्टहरुको व्य्वस्थापन निजी क्षेत्रका कम्पनीबाट भई रहेकोले सिद्धांत रुपले भंसार क्षेत्रको व्यवस्थापन निजी क्षेत्रबाट हुनु नेपालको लागि नौलो नहुने कुरा एक जना भंसार एजेंटले बताएका छन ।

बीरगंज भंसार क्षेत्रको व्यवस्थापन निजी क्षेत्रले गर्छ की पुर्ववत रुपमा सरकारी कर्मचारीले हेर्ने हो यो निर्णय भंसार विभाग र अर्थ मंत्रालयले लिने कुरा हो । तर यदि सरकारी निकायले नै यो काम हेर्ने हो भने बीरगज भंसारले आफ्नो कार्यशैलीमा यथोचित सुधार ल्याउन आग्रह नागरिकहरुको रहेको छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।