वीरगंज, २० असार। टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र विक्री गर्ने उद्योगमाथि कारबाहीको मांग गरेको छ।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा एक पत्रकार सम्मेलन गरी गुडविल कमाएको उद्योगको टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र बिक्री गर्ने एक उद्योगको उत्पादित चक्की पत्थर बरामद गरी आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ।
पत्रकार सम्मेलन पूर्व हामीलाइ प्राप्त जानकारी अनुसार वीरगंज-९ स्थित मणी एभरी स्टोन उद्योगले पेटेण्ट, डिजाइन र टे्रडमार्क ऐन २०२२ अर्न्तर्गत दर्ता गराइ उत्पादनमा ल्याएको पुखराज, ग्राण्ड कुलर बालाजी, पंकज आदि टे्रडमार्क चोरी गरी हुबहु नक्कली उत्पादन गरी बिक्रीमा ल्याउने रौतहट, गरुडा गाविस-८ स्थित जयसवाल एभरी स्टोन उद्योगले उत्पादन गरेको चक्की पत्थर पर्सर्ााजल्ला सुरक्ष्ँा पोष्टका डिएसपी नारायणराम हुमागाइले नेतृत्व गर्नुभएको सशस्त्र प्रहरी टोलीले बरामद गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउनुभएको छ।
आदर्शनगरस्थित पशुपति रोड क्यारियर्स प्रालि मार्फ विराटनगर पठाउन लागिएको जयसवाल एभरी स्टोन उद्योग, गरुडाको नक्कली उत्पादन पुखराज १४ सेट र पंकज १२ सेट अन्दाजी मूल्य १७ हजारको चक्की पत्थर ट्रान्सपोर्टको गोदाममा छापामारी गरी बरामद गरिएको थियो।
मणी एभरी स्टोन उद्योग वीरगंजका प्रोप्राइटर अध्यानन्दप्रसाद कलवारले गत असार ११ गते उद्योग विभाग, टे्रडमार्क शाखा त्रिपुरेश्वरमा जयसवाल एभरी स्टोन उद्योग गरुडा-८ का प्रोप्राइटर विजय जयसवाल उपर आफूले टे्रडमार्क लिएको उद्योगको टे्रडमार्क हुबहु गरी चक्की पत्थर उत्पादन गरी नेपालका विभिन्न स्थानमा विक्री वितरण गर्दै आएकोले कारबाही गरी क्षतिपर्ूर्ति पाउ भनि उजुरी दिएका थिए।
गत असार १३ गते उद्योग विभागले जयसवाल एभरी स्टोन उद्योग गरुडा-८ रौतहटलाई अन्तर्रर्ााट्रय वर्ग ७ अर्न्तर्गत गहुं, मकै पिस्ने चक्की पत्थर ग्रेण्डर स्टोनमा प्रयोग गर्नका लागि ँपुखराज’ टे्रडमार्क दर्ता गरीदिएकोमा सोसंग मिल्दोजुल्दो गरी नक्कली ँपुखराज’ बजारमा बिक्री वितरण गरी मणी एभरी स्टोनलाई हानी-नोक्सानी पुर्याएको भनि उजुरी परेको आधारमा अनधिकृत तवरबाट टे्रडमार्क राखि के कति कारणबाट सामान विक्री वितरण गरेको हो सोको स्पष्ट लिखित जवाफका लागि बाटोको म्याद बाहेक ७ दिनभित्र पेश गर्न भनि पत्र पठाएको थियो।
मणी एभरी स्टोन उद्योगले २०५४ सालमा पुखराज, ग्राण्डकुलर, बालाजी नामको टे्रडमार्क उद्योग विभाग त्रिपुरेश्वरमा दर्ता गराएको थियो। सो उद्योगले बजार प्रवर्द्धन गरी गुडबील समेत कमाइसकेको अवस्थामा रौतहट, गरुडास्थित जयसवाल एभरी स्टोन उद्योगले सम्बन्धित निकायबाट टे्रडमार्क दर्ता नगराइ साबु इण्डष्ट्रिज, कुचामन रोड राजस्थान ISO 9001 टे्रडमार्क र मणी एभरी स्टोन वीरगंजको ँपुखराज’ टे्रडमार्क चोरी गरी हुबहु उत्पादन, बिक्री गर्दै आइरहेको छ। सो उद्योगबाट उत्पादित नक्कली चक्की पत्थर वीरगंज, मलंगवा, गाइघाट, विराटनगर, जनकपुर, लहान, राजविराज आदि स्थानमा बिक्री वितरण गरिरहेको पाइएको छ।
२०६४ पुस १० गते उद्योग विभागले आंटा पिस्ने चक्की पत्थर अनधिकृत सामानको भारतबाट आयातमा रोक लगाएको भनि वीरगंज, विराटनगर, कृष्णनगर, भैरहवा, भंसार कार्यालयलाई जानकारी गराएको थियो।
Comments
Post a Comment