वीरगंज, २० असार । प्रहरीले विभिन्न स्थानमा चोरीको गाडीसहित चारजनालाइ पक्राउ गरेको छ। आज मध्य क्षेत्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय चितवनले पजेरो बिक्री गरेको आरोपमा तीनजनालाइ असार १० गते पक्राउ गरेको बताइएको छ ।
भरतपुर-२ आंपटारीनजिकै नम्बर नभएको मित्सुबिसी पजेरो गाडीसहित नवलपरासी, सुनौल १ बस्ने बर्ष२६ को बिष्णु पराजुली, कास्कीको पोखरा-३ बस्ने बर्ष५० को कृष्णप्रसाद दुवाल, बर्ष३५ को रामजी पुरीलाइ यातायात व्यबस्था कार्यालय नारायणी बीरगंज, बाग्मती, लुम्बिनीको स्ट्याम्प छाप ३ थान, कार्यालय प्रमुख /शाखा अधिकृत/नायब सुब्वा को स्ट्याम्प छाप ३ थान, बा.३.च ६९७९, बा.५च ९१६८, लु.३प ५८६२ नंं.को सवारी दर्ता प्रमाण पत्रहरुसहित प्रहरीले पक्राउ गरेको हो।
असार १२ गते रुपन्देहीमा बा.५च ९१६८ नं.को सेन्ट्रो कारसहित रुपन्देही पर्सरी ५ बस्ने बर्ष४८ को तुफेल पठानलाइ प्रहरीले पक्राउ गरेको छ भने असार १५ गते चितवनको रत्ननगर-१ सौराहचोक को गढीमाइ लजबाट बाघको छालासहित चितवन, चैनपुर ९ बस्ने रमेश गुरुङ र धादिङ, सेल्तुङ ३ बस्ने सोनाम तामाङलाइ पक्राउ गरेको छ।

Comments
Post a Comment