काठमाडौं, १० असार । स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले छुवाछुत र विभेदरहित समाज निर्माणका लागि दलित आन्दोलनलाई नयाँ गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल दलित संघद्धारा तेस्रो राष्ट्रि्य महाधिवेशनबारे जानकारी गराउन रिपोर्र्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा दलितहरु आफ्नो अधिकारका लागि अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका हुन् ।
राज्यमन्त्री बस्यालले राज्यको सबै निकायमा दलितको सहभागिता र अवसरको सुनिश्चिताका लागि सरकारमा बसेर आफू सधै सक्रिय हुने बताए । दलितमाथि अझै शोषण र विभेद भइरहेकाले परिवर्तनलाई आत्मासाथ गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा दलित संघको तेस्रो महाधिवेशन यही असार १३, १४ र १५ गते चितवनको भरतपुरमा आयोजना हुने जानकारी गराइएको थियो ।
Comments
Post a Comment