काठमाडौं, १० असार । साना किसानले ऋण मिनाहाको माग गरेका छन् । आज अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भेटी सम्पूर्ण साना किसानको ऋण मिनाहाको माग गरेका हुन् ।
साना किसान सहकारी संस्था लिमिटेड मैदी धादिड.का कृषकहरुले मन्त्री पाण्डेलाई भेटेका थिए । उनले साना किसानको मागमा सकारात्मक भएको बताए ।
संस्थाका अध्यक्ष एकबहादुर अर्याल, संस्थापक अध्यक्ष गुणनिधि तिवारी, प्रबन्धक बद्रीप्रसाद तिवारीसहितको टोली भेटमा सहभागी थिए ।
Comments
Post a Comment