वीरगंज, १० असार । वर्षासंगै परेको चटयाङको कारण बारामा एकजनाको मृत्यु भएको छ भने पर्सामा एकजना घाइते भएका छन्।
आज बिहान पिपरपाती-५ बस्ने ४० वर्षीया राजकुमारी पण्डितको चटयाङका कारण मृत्यु भएको छ भने पर्साको विश्रामपुर-४ बस्ने ३० वर्षीया पार्वती महरालाइ आज बिहान चट्याङ लाग्दा बेहोस भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
मंगलवार रौतहटको सन्तपुरनिवासी कविता साह, धिरज साहको चटयाङबाट मृत्यु भएको थियो भने मुडवाल-१ बस्ने ललिता यादव, मायावती यादव घाइते भएकी थिइन्।
र्सलाहीको विभिन्न स्थानमा परेको चट्याङबाट मुरलीदेवी महतो, भुखल राय, बुधन देवी, पछन्नु राम र निजको श्रीमती आनन्द देवी राम, रघुविर राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment