पोखरा, १० असार/ नेपाली लोक साहित्यका अध्येता कुसुमाकर न्यौपानेले तयार
पार्नु भएको नेपाली लोक रामायण विषयक कार्यपत्र विश्व लोकसाहित्य सम्मेलनका
लागि छनौटमा परेको छ । यही असार १८ र १९ गते थाईल्याण्डस्थित सेल्पकोन
युनिभर्सिटीमा हुने विश्व लोक साहित्य सम्मेलनका लागि अध्येता न्यौपानेद्वारा
तयार पारिएको लोक रामायण छनौटमा परेको हो । छनौटमा परेको कार्यपत्र
अध्येता न्यौपाने स्वयंले सम्मेलनमा प्रस्तुत गर्न अध्येता न्यौपाने थाईल्याण्ड
जाने कार्यक्रम तय भएको छ । दर्ुइ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न ६६ मुलुकका
लोकसाहित्यका अध्येताहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताएको छ ।
'मलाई अहिले मन्त्री पदमा नियुक्ति पाएको यौटा राजनीतिककर्मीलाई भन्दा बढी
खुशी लागेको छ ।' आफूले तयार पारेको नेपाली लोक रामायण विषयक
कार्यपत्र छनौटमा परेको समाचारको खुशी बाँड्दै न्यापानेले भने-'निरन्तर
लागिपरेपछि एक दिन मौका आउँदो रहेछ ।'

Comments
Post a Comment