वीरगंज, १० असार । विगत लामो समयदेखि पानी नपरेपछि काकाकूल तराइमा आज बिहान सबेरैदेखि पानी पर्न पाएपछि किसान, र्सवसाधारण सम्पूर्ण वर्गमा खुशीको लहर देखिएको छ । पानी नपरेपछि किसानहरुले रोपेको धानको बिउ खेतमै सुक्दै गइरहेको थियो भने र्सवसाधारणहरु प्रचण्ड गर्मीमा आहत भएका थिए ।
चटयाङसंगै आएको वर्षाले धरतीलाइ केही राहत दिए पनि चटयाङका कारण करिब १५ जनाको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ । गर्मी र खडेरीका कारण जनजीवन प्रभावित हुन थालेपछि विभिन्न स्थानमा स्थानीय बासिन्दाले महादेवलाई खुशी पार्न जलधारा गरेका थिए । हर हर महादेव पानी पारी देउ भन्ने पुकारा गर्दै स्थानीय बासिन्दाले दिनभरि पञ्चैबाजा बजाउंदै एक आपसमा पानी छ्यापेर जलधारा गरेका थिए।

Comments
Post a Comment