Skip to main content

प्रकाशन समाजद्वारा ज्ञापन पत्र पेश

काठमाण्डौं, २ असार । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले मंगलवार न्यनतम पारीश्रमिक कार्यान्वयन समितिका अध्यक्ष सुरेश आचार्य सहितका पदाधिकारीहरु र सूचना तथा संचार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई भेटेर ५ बुंदे ज्ञापन पत्र बुझाएको छ।
समाजका अध्यक्ष वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीले रुपन्देहीमा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन भएको जानकारी गराउंदैं बुझाएको ज्ञापन पत्रमा सरकारले मोफसलका सञ्चारगृहहरुको समस्यालाई पहिचान गरी संस्थागत तथा दिगो विकासको नीति अवलम्बन गर्नु पर्ने, जिल्ला स्थित सरकारी तथा गैहृसरकारी कार्यालयहरु र उद्योग व्यवसायी प्रतिष्ठानका विज्ञापनहरु स्थानीय सञ्चार माध्यमलाई दिईने व्यवस्था हुनु पर्ने,गुणस्तरीय पत्रकारिताका निम्ति योग्यता, दक्षता, अनुभवका आधारमा पत्रकारहरुको पनि वर्गीकरण हुनु पर्ने , पत्रकारहरुको काम, कर्तव्य र अधिकार सहितको आचारसंहिता प्रष्ट रुपमा मुखरित हुने गरी कार्यान्वयन हुनु पर्ने तथा संचार संस्थाको स्थापनामा न्यूनतम मापदण्ड के हुने र स्थापना भैसके पछि त्यसलाई कसरी बचाउन भन्ने वारे राज्यले उचित निति लिनुपर्ने उल्लेख गरिएको छ।
समाजका उपाध्यक्ष नर्वुलामा, सचिव नवराज कुंवर, सदस्य कर्ण्र्ााहादुर कार्की , सदस्य विष्णु भण्डारीलगायतको प्रतिनिधि मण्डलले भेटका क्रममा नेपाल सरकारद्धारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हेतु गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार संस्थासंग सम्बद्ध विभिन्न क्षेत्रको राय सुझाव लिई मेहनतका साथे प्रतिवेदन तयार पारी सरकारलाई बुझाएकोमा समितिलाई धन्यवाद दिएको छ।
समाजले समितिले दिएको प्रतिवेदन कार्यान्वयन तर्फसरकारले ध्यान केन्द्रित गरी ऐनको कार्यान्वयनका लागि अनुगमन गरी रहेको र यसले सञ्चार गृहहरुलाई कानूनी दायरामा ल्याउन सघाउ पुर्याउनुका साथै पत्रकार तथा पत्रकारीताको दायित्वबोध गराउनमा पनि महत्वपर्ूण्ा भूमिका खेलेको जनाएको छ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य स्नेही सायमीको समेत उपस्थिति रहेको कार्यक्रममा ज्ञापनपत्र बुझेपछि वोल्दैं समितिका अध्यक्ष सुरेश आचार्यले देशभरनैं न्युनतम पारिश्रमिक लागु गर्ने क्रम सुरु भैरहेको अवस्थामा रुपन्देहीका प्रकासन समाजहरु संगठित भएर लागु गरेकोमा आभार व्यक्त गर्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।