भक्तपुर, २ असार । लोकोक्ति अनुसार गुरू रिम्पोचे खुम्बु लगायतका हिमालय पर्बतहरूमा भबिष्यमा मानबहरूको रक्षाको लागि अबसान लिएर बसेका छन् । तर त्यही खुम्बु अहिले जलबायु परिबर्तनको कारण संकटमा परेको छ। हिमाली क्षेत्रका परम्परा तथा सास्कृतिक गतिबिधि पर्याबरण मैत्री भए पनि देश बिदेशका पर्यटकहरूको कारण हिमालहरू प्रदूषण भएको ठानेका स्थानीय युवाहरूले असार ५ गते खुम्बु महोत्सब गर्न लागेका हुन्।
गुरू रिम्पोचेको सुरक्षा र हिमालयहरू पग्लन नदिन कामहरू स्थानीयबासीहरूले सुरू गरेका छन्। खुम्बुमा प्रचलित अर्को भनाई अनुसार बुद्धले पृथ्बीलोक छोड्न लाग्दा करूणाका देवता फाक्पा छेरेजिङले लामो समयसम्म बुद्धलाई पृथ्बीमा बस्न गरेको अनुरोध गर्दा अव हिमालइको रक्षा गर्ने पालो त्रि्रो दायित्व हो भनी जवाफ दिएका थिए। बुद्धले भने मेरो समय सकिएको छ, पृथ्बीलोकको रक्षा गर्ने पालो अव यहाँका जिबित मानव जातिको हो। यही कुरालाई मनन गरेका खुम्बुबासीले हिमालय पर्बतहरू जोगाउन खुम्बु महोत्सब गर्न लागेका छन्।
Comments
Post a Comment