वीरगंज, २ असार। लामो खडेरी प्रचण्ड गर्मीका कारण तराइमा तरकारीको मूल्य चर्कदै गइरहेको छ। कृषकहरूले उत्पादन गरेको तरकारीले बजारको मांग भने आपर्ूर्ति गरेको छ।
नेपाल आलु र प्याजमा निर्भर छैन। नेपालको बजारमा आलु र प्याज भारतबाट पैठारी भइ आएका छन्। केही हप्तादेखि वीरगंजको बजारमा आलुको मूल्य चर्किएर प्रतिकिलो रू २४ पुगेको र प्याजको भाउ भने प्रतिकिलो रू २० मात्र रहेको छ। गोलभेंडाको मूल्य चर्कदै प्रति किलो रू ५० पुगेको छ। प्रचुर मात्रामा वषर्ात् नभएको र प्रचण्ड गर्मीका कारण कृषकहरूले आप\mनो खेतमा राखेको धानको ब्याड डढीरहेको छ। मनसुन वषर्ा छिट्टै होला जस्तो पनि छैन। मनसुन वषर्ा पर््रयाप्त नभइ तराइका जिल्लामा धानको रोपाइं समेत हुन सक्दैन।
Comments
Post a Comment