वीरगंज, २ असार । नेपाल पिछडा वर्ग महासंघले आहवान गरेको मधेश बन्दको असर वीरगंज नगरमा मात्र परेको छ। आज बिहान वीरगंजको मुख्य चोकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका थिए। वीरगंजको मुख्य बजार बिहानसम्म बन्द रहयो।
बन्दकर्ताहरुले हातमा बासको फाटा बोकेर वीरगंज बजार बन्द गराएका थिए। बन्द आहवान कर्ताले उद्योग, बजार र शैक्षकि संस्थालाइ बन्द हड्तालबाट मुक्त राख्ने सहमति भए पनि बजार र पसलहरु बन्दै नै छ। पिछडावर्ग महासंघले भन्सार र राजमार्गबाट आवतजावत ठप्प गरी विरोध कार्यक्रम जारी राख्ने जनाए पनि वीरगंजको गण्डकदेखि उत्तरतर्फो सडकखण्डमा सवारीसाधन सुचारु रहेको प्राप्त जानकारीमा उल्लेख छ।
विभिन्न ११ सूत्रीय मांग पूरा गर्न नेपाल सरकारलाई दबाब दिन पिछडा वर्गले बन्दको आहवान गरेको महासंघका केन्द्रीय सदस्य तेजप्रकाश सहनीले बताएका छन्।
Comments
Post a Comment