काठमाडौं, २ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेताको निर्वाचन लड्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो पक्षमा उल्लेख्य र्समर्थन रहेकाले चुनाव जित्ने दाबी गरे ।
आफूलाई सभापति गिरिजाप्रसाद कोइरालाको पनि र्समर्थन रहने बताए। संसदीय दलको चुनाव हुनर्ुपर्छ भनेर आफूले सबैभन्दा बढी आवाज उठाएको स्मरण गराउदै भने,' म चुनावबाट पछि हट्दिन ।
कार्यवाहक सभापति सुशील कोइरालाले पद अनुसारको सक्रियता देखाउनुपर्नेमा जोड दिए । पार्टर्ीीे कार्यवाहक सभापति भएकाले तदअनुरुप पार्टर्ीीे संगठनलाई चुस्त दुरुस्त बनाउन सक्रियता देखाउनुपर्ने बताए । पछिल्ला समयमा जथाभावी बन्द गरेको बताउदै भने, 'आफू सरकारमा रहदा बन्द सधैका लागि बन्द भन्ने अनि अरु सरकारमा बस्दाचाहिँ दिनदिनै बन्द गरेर माओवादीले बोली र व्यवहारमा फरक देखाइरहेको छ ।'माओवादीले शब्दमा अग्रगमनको कुरा गरेर व्यवहारमा पछाडि र्फकने काम गरिरहेेको आरोप लगाए।
Comments
Post a Comment