वीरगंज, २ असार । विद्युत आपूर्ति गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै रौतहटको गैडाटारका बासिन्दाले विद्युत प्राधिकरण चपुरमा तालाबन्दी गरेका छन्।
आज गैंडाटार संघर्ष समितिको अगुवाइमा गएको समूहले नेपाल विद्युत प्राधिकरण रौतहट, चपुरमा तालाबन्दी गरेका हुन्।
विद्युत प्राधिकरणले जेठ मसान्तभित्र गैडाटारमा विद्युत आपूर्ति गर्ने सहमति जनाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले तालाबन्दी गरेका हुन्।
Comments
Post a Comment