Skip to main content

प्रेस काउ_िन्सलले पक्षपातपूर्ण वर्गीकरण गरेको विरोधमा सूचना तथा संचारमन्त्रीको पुतला दहन गरिने

वीरगंज ३० मंसिर । प्रेस काउन्सील नेपालले पत्रपत्रिका वर्गीकरणमा
पक्षपात विभेद धाँधलीपूर्ण निर्णय गरेको विरुद्ध सम्पादक प्रकाशक
राष्ट्रिय संघर्ष समितिले आज सूचना तथा संचार मन्त्रालयमा घेराउ गर्ने
क्रममा एक दर्जन पत्रकार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संयोजक विष्णुकुमार प्रसाइ धीरेन्द्र झा मैथिल नेपाल
प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भटराइ पत्रकार सुदर्शन राज
पाण्डेलगायत एघार जना रहेका छन्।
त्यसैगरी संघर्ष समितिले भोलि रत्नपार्कमा सूचना तथा संचार मन्त्री शंकर
पोखरेलको पुतला दहन गर्नेछ भने सूचना तथा संचार अन्तर्गत प्रेस
काउ_िन्सलको मापदण्ड नीति दहन गर्ने पसर्ि लालटेन जुलुस रिले अनसन र
आमरण अनसन गर्ने जनाएको छ ।
धर्नामा बसिरहेको बेलामा संचारमन्त्रालयले वार्तामा बोलाए पनि आज वार्ता हुन सकेन ।
यस न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण पीडित पत्रकारहरुलाई
आन्दोलनमा आउन संघर्ष समितिले आग्रह गरेको छ।
यसैवीच रिपोर्टस क्लब नेपाल पर्साका वरिष्ठ सल्लाहकार एवं पर्साका वरिष्ठ
पत्रकार सुदर्शनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको विरोधमा रिपोर्टस
क्लब नेपाल पर्साले घोर भत्सर्ना गरेको छ।
आज रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले एक प्रेस
विज्ञप्ति जारी गरी पक्राउमा परेका पत्रकार पाण्डे लगायत संघर्ष समितिमा
आबद्ध सम्पूर्ण पत्रकारहरुको जायज मांग पूरा गर्न आग्रह गरेको उल्लेख छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।