वीरगंज, ३० मंसिर। नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको विद्युत मिटर रिडिङ गर्ने कर्मचारीहरू तोकिएको समयमा मिटर रिडिङ नगर्ने भएबाट प्राधिकरणले ग्राहकहरूलाई सात दिनभित्र महसुल बुझाएवापत्को तीन प्रतिशत छुट दिने रकमबाट वंचित हुने गरेको गुनासो उठेको छ।
प्राधिकरणले महिनाको २७ र २८ गतेभित्र ग्राहकका मिटरहरू रिडिङ गरी उठेको विद्युत महसुल तिर्नुपर्ने अवस्थामा मिटर रिडिङ गरेको सात दिनभित्र सो रकम तिरेमा तीन प्रतिशत छुट पाउने व्यवस्था मिलाए तापनि समयमा खटिएका कर्मचारी विद्युत मिटर रिडिङ नगरेबाट ग्राहकहरु सो सुविधाबाट वंचित हुनुपर्नेको भएको गुनासो गरेका छन्।
प्राधिकरणले खटाएको कर्मचारीहरूले जुन मितिमा मिटर रिडिङ गर्ने हो सो मिति लेखी हस्ताक्षर गरी सोही मितिबाट सात दिनको समय तोकेको अवस्थामा ग्रँहकहरूले उल्लेखित सुविधाहरूबाट वंचित हुन नपर्ने श्रीपुर, मुर्ली-१६ का हरिभूषण प्रधानले बताउनुभएको छ।
यसरी कर्मचारीको त्रुटिबाट प्राधिकरणले प्रदान गर्ने सुविधाबाट ग्राहकहरू वंचित हुनुपर्ने अवस्थालाई विद्युत प्राधिकरणले समेत ध्यान पुर्याउन नितान्त रहेको आदर्शनगर -१३ का विद्युत ग्राहक प्रकाश बाहेतीले बताएका छन्।

Comments
Post a Comment