काठमाडौं, मंसिर ३०-
नेपाल टेलिभिजनका पत्रकार एवं वरिष्ठ कार्यक्रम निर्माता जयप्रकाश चौधरीको ४३ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । एक महिनादेखि पत्थरीको उपचार गराइरहेका चौधरीको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एउटा योग्य प्रतिभा गुमाएको छ भने रिपोर्टर्स क्लब नेपालले आफ्ना शुभचिन्तक गुमाएको छ ।
विभिन्न सिनेमाको निर्देशन समेत गरेका चौधरीका पत्नी एक छोरा र एक छोरी छन् । एउटा सहकर्मी पत्रकारलाई असामयिक रुपमा गुमाउनु पर्दा क्लब एकदम दुःखी छ । क्लब अध्यक्ष ऋषि धमलाले पत्रकार चौधरीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

Comments
Post a Comment