Skip to main content

स्पाइस मोबाइलप्रति ग्राहकहरूको गुनासो

वीरगंज, ३० मंसिर। टेलिटक प्रालि काठमाडौंद्वारा इम्पोर्ट गरिएको स्पाइस मोबाइल फोनको ब्याट्री कमजोर रहेबाट उक्त फोन खरिद गर्ने ग्राहकहरू ज्यादै पीडित भएको बताउन थालेका छन्।
सो कम्पनीले आयात गरेको डि-६६६६ मोडलको स्पाइस मोबाइलको ब्याट्री चार्ज गर्दा एक दिन पनि नचल्ने गरेको गुनासो ग्राहकहरूको छ।
उठेका यस्ता गुनासोहरूको सम्बन्धमा उक्त फोन बिक्रेताहरूसंग प्रतिक्रिया लिंदा सिडिएमए सिम प्रयोग गर्दा बढी ब्याट्री खाने हुंदा दैनिक चार्ज गर्नुपर्ने अवस्था सुरूदेखि नै रहेको बताएका छन्।
तेश्रो मुलुकबाट उक्त फोन आयात गरिएको सो फोनको बट्टामा नेपालका ग्राहकले मात्र प्रयोग गर्ने भनि लेखिए तापनि सो फोनमा इन्डिया, नोयडा, उत्तर प्रदेश लेखिएको अवस्थाले ग्राहकहरूलाई भ्रममा समेत पारिरहेको बताएका छन्।
ब्याट्री कमजोर रहेको कारण हालसम्म बजार ओगट्न नसकेको स्वीकार्ने केही बिक्रेताहरूले यस्ता गुनासो लामो समयदेखि आइरहेको प्रतिक्रिया दिएका छन्।
वीरगंजमा प्रमुख डिलर स्मार्ट कनेक्सन एवं करिब ८-१० वटा सबडिलर रहेको अवस्थामा पनि कम्पनीले एक वर्षो वारेन्टी, ग्यारेन्टी दिंदासमेत वीरगंजस्थित डिलरले मोबाइल फर्ेन नमान्ने, ब्याट्री नफर्ेर्ने, ब्रि्रेको मोबाइल समयमा मर्मत नगरिदिने अवस्था रहेको उक्त फोन प्रयोग गर्ने ग्राहकहरूको गुनासो छ।
मोबाइल फोनको प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा टेलिटक प्रालिले वीरगंजमा मर्मत सेन्टर नराखेबाट पनि यो समस्या बढ्दै गएको सो फोन बिक्रेताहरूको भनाइ छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।