झलनाथसँग स्पष्टीकरण लिने कृष्णगोपालको चेतावनी
राष्ट्रिय जनमोर्चालाई प्रतिबन्ध लगाउनर्ुपर्छ - यमी
काठमाडौं, पुस २६। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपर्ूण्ा विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाए। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षँत्कार कार्यक्रममा उनले भने- पेरु र कम्बोडियाको कम्युनिस्ट आन्दोलन पनि माओवादी जस्तै फासिस्ट शैलीका कारण सकिएको हो। अब माओवादी आफ्नै कारण सकिँदैछ।
३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा आफ्ना दर्जनौं कार्यकर्तालाई खुँडा र खुकुरी लिएका मरणासन्न हुने गरी आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको उनले आरोप लगाए। संविधान निर्माण नहुँदै, राज्य पर्ुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको उनको भनाइ थियो। उनले भने- संघीयतामा गए मुलुक टुक्रन्छ। संविधानसभामा हाजिर नपुर्याउने संविधान बनाउन नसक्ने ठोकुवा उनले गरे।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षँत्कार कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले माओवादी अराजकता, हिंसा र अनैतिकता जारी राखे मधेसी जनताले 'गौर हत्याकाण्ड' दोहोर्याउने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा आफूलाई माओवादी नेतृ हिसिला यमीले बहिष्कार गर्नुलाई उनले सफायाको राजनीतिक गर्नेको स्वाभाविक कदम भएको टिप्पणी गरे। उनले भने, 'माओवादीसँग १२ बुँदे समझदारी गर्नु नै राष्ट्रिय भूल हो, माओवादी युद्ध वा द्वन्द्वको भाषा बोलिरहे मधेसी जनताले सहन सक्दैनन्।'
राज्यमन्त्री साहले प्रधानमन्त्रीको सहभागिताविना आफ्नो दलमा कमजोर भएका तीन दलका नेताहरुले राजनीतिक संयन्त्र गठन गरेर षड्यन्त्र गरेको आरोप लगाए। उनले भने- यो राम्रो नियतले बनाएको होइन। शान्ति र संविधानलाई यसले सहयोग पुर्याउँदैन।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले संघीयता विरोधी राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा अलकायदा जस्तै प्रतिबन्ध लगाउनुपर्ने बताइन्। संघीयताविरोधी बन्दको जनताले भण्डाफोर गर्नु स्वाभाविक भएको र त्यस क्रममा झडप हुनु सामान्य भएको बताइन्। उनले भनिन्- यो नेवाः राज्य हो। यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई छाडिने छैन। शान्ति र संविधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु राम्रो भएको उनको धारणा थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनयध्वज चन्दले जातीय र क्षेत्रीय आधारमा बन्ने संघीयता सफल नहुने बताए। संघीयता मजाक र ख्यालख्यालको विषय नभएको भन्दै चन्दले माओवादी संघीय राज्य घोषणाले मुलुकमा सामाजिक विघटन सुरु भइसकेको बताए।
उच्चस्तरीय राजनीतिक संयन्त्र पार्टी केन्द्रीय समितिमा कुनै पनि छलफल नभएको, यो सरकारलाई लंगडो बनाउन र राजनीतिक अस्थिरता निम्त्याउनभन्दा पनि शान्ति र संविधान सफल पार्न केन्द्रित हुनुपर्ने उनको धारणा थियो। उनले भने- माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प छैन। विकल्प खोज्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।
कार्यक्रममा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्ने षड्यन्त्र भएको आरोप लगाए। उनले भने- यो कुनै पनि हालतमा सफल हुँदैन। पार्टीभित्र कमजोर रहेका तीनै जना नेताले बलियो हुने षड्यन्त्रको तानाबाना बुनेका हुन्। श्रेष्ठले पार्टीमा छलफल नगरी संयन्त्रमा बसेका एमाले अध्यक्ष झलनाथ खनाललाई आगामी केन्द्रीय समितिको बैठकमा स्पष्टीकरण लिने बताए। उनले भने- झलनाथजी फेल भइसकेका छन्। उनी पार्टीमा अल्पमतमा छन्। उनले भनेका कुरा लागू हुँदैनन्। संघीयताको विरोधमा उत्रेकामाथि आक्रमण गर्ने वाइसिएलको चरित्र फासिस्ट भएको उनले बताए।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले आवास तथा भौतिक योजना राज्यमन्त्री साहले बोल्न बोलाउँदा पहिले मञ्चमा सँगै बसिरहेकी माओवादी नेतृ यमी मन्त्रीसँग नबस्ने र बहिष्कार गरेको भन्दै बाहिरिन खोजेकी थिइन्। क्लब अध्यक्ष धमलाले राज्यमन्त्रीलाई कोठाभित्र लगेर राखेपछि बल्ल उनले बोलेकी थिइन्। उनी गएपछि राज्यमन्त्रीले आफ्ना कुराहरु राखेका थिए। त्यस क्रममा केही समय कार्यक्रम अवरुद्ध भएको थियो।

Comments
Post a Comment