Skip to main content

हिमशिखरमा नयाँ नेतृत्व, नेतृत्व विकास कार्यक्रम सम्पन्न, कविता प्रतियोगिता

कविता प्रतियोगिता

कुमार नेगी
मकवानपुर, २६ पुस। श्री कालिका माध्यमिक विद्यालय नामटारमा क्रियाशील कालिका बाल क्लबको आयोजनामा तहगत कविता प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्राथमिक तहमा सजिना थापा प्रथम, सुसन विक द्वितीय र सगुन प्रजा तृतीय भएका थिए। त्यसैगरी मावि/निमावितर्फमिलन पुडासैनी प्रथम, कोपिला बर्तौला द्वितीय र शुभद्रा रेग्मी तृतीय भएका थिए।
कार्यक्रममा रामप्रसाद बर्तौला, राजाराम पराजुली, रमेशमोहन अधिकारी, देवकी उप्रेती, सपना बर्तौला, सन्चमाया बुलुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
र्सर्मिला हटवालको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रमको पुरस्कार प्रयोजन सिविन नेपालले गरेको शिक्षक रमेशमोहन अधिकारीले जानकारी दिनुभयो।

नेतृत्व विकास कार्यक्रम सम्पन्न

कुमार नेगी
मकवानपुर, २६ पुस। जनवादी सांस्कृतिक मञ्च दामनले नेतृत्व विकाससम्बन्धी कार्यक्रम दामनको विकास घरमा शनिबार सम्पन्न गरेको छ। जन आवाज सांस्कृतिक मञ्चका केन्दिय सदस्य दिप शक्ति क्षेत्रिको प्रमुख आतिथ्य तथा जनवादि सांस्कृतिक मञ्चका अध्यक्ष विकास नेपालिको सभाध्यक्षतामा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिले विविधताले भरिएको देशमा कुसंस्कार हटाउन धेरै समय लाग्ने भएकोले क्रमिक रुपमा कुसंस्कारलाई हटाउदै लैजानु पर्नेमा जोड दिए।
नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य इश्वरनाथ पौडेलले दलितहरुको उत्थानका लागि दलितलाई दया होइन जागरुक हुन जरुरी रहेको र त्यसका लागि शिक्षाको आवश्यक्तता रहेको बताए।
त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका २ नंं. क्षेत्रिय इन्चार्ज विष्णु विष्टले दलितको आर्थिक स्थितिमा सुधार भए मात्र सामाजिक सुधार हुने बताए।
कार्यक्रममा पिस नेपाल मकवानपुरका अध्यक्ष कुमार नेगी, एकीकृत नेकपा माओवादीका दामन गाउँकमिटी इन्चार्ज अरुण रायमाझी, दामन पालुङ गाविस सचिव रामचन्द्र रायमाझी, पालुङ जेसिजका अध्यक्ष चिनिया लामा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए।

हिमशिखरमा नयाँ नेतृत्व

कुमार नेगी
मकवानपुर, २६ पुस। आग्राको डाँडाबासमा सम्पन्न हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको प्रथम वाषिर्क साधारण सभाले शुभराज थिङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।
समितिको उपाध्यक्ष बिुद्धिलाल थिङ, कोषाध्यक्ष इमानसिं थिङ , सचिब सुजिन्द्र गोले रहेका छन्। त्यसैगरी सदस्यहरुमा प्रतापसिं गोले , राजेन्द्र थोकर, शान्तकुमारी गोले, सानोकान्छी थिङ, राजकुमार थिङ, डम्बरबहादुर लामा, चक्रबर्ती मोक्तान रहेका छन्।
यसैगरी साधारणसभाले रामचन्द्र थिङको संयोजकत्वमा लेखा समिति चयन गरेको छ। समितिका सदस्यहरुमा रामबहादुर स्याङ्तान र भक्तमान थिङ रहेका छन्।
रत्नबहादुर गोलेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य ८७ वषर्ीया सुनमाया थिङले गरेकी थिइन्।
संस्थाले ६ महिना यता ३५ लाख रपैया बराबरको कारोबार गरेको सुजिन्द्र गोलेले बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।