Skip to main content

सिकागोमा सुजाताको भव्य स्वागत

-सिकागोबाट ऋषि धमला
अमेरिका, ६ असोज। अमेरीका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोईरालाकोे सिकागो राज्य भव्य स्वागत र सम्मान गरिएको छ। सिकागोको नेसनल स्टाटेजीक फोरमले मंगलबार एक भव्य समारोहकावीच परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा ब्रेकफास्ट मिटिङको आयोजना गर्‍यो।
सो कार्यक्रममा मन्त्री कोईरालाले नेपालको शान्ति प्रकृयाबारे लामो भाषण दिएकी थिईन। कोईरालाले सेना समायोजनको प्रसंगमा भनिन, मापदण्ड पुगेका माओवादी सेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गरिनेछ। तर समूहगत रुपमा सेना समायोजन गरिनेछैन। बरु, सेनामाबाहेक अन्य सुरक्षा निकाय र क्षेत्रमा उनीहरुलाई समावेश गर्न सकिन्छ। कोईरालाले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले अघि सार्नु भएको उच्च राजनीतिक संयन्त्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताईन। सो अवसरमा उनले भुटानी शरणार्थीहरुले स-सम्मान स्वदेश र्फकन पाउनर्ुपर्छ भन्ने नेपालको अडान रहेको बताउँदै त्यसबारेमा आफुले भुटानी परराष्ट्रमन्त्रीसंग कुराकानी गर्ने जानकारी दिईन।
परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा सिकागोका काउन्सलर मर्वीन होसलीनले दिवा भोजको आयोजना गरे। ८० देशका काउन्सलरहरुको सहभागीता रहेको सो कार्यक्रममा पनि कोईरालाले सम्बोधन गरेकी थिईन। कार्यक्रममा भारतका काउन्सलर अशोक आत्रेयले परराष्ट्रमन्त्री कोईरालाको प्रशंसा गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा कोईराला परिवारको योगदानको चर्चा गरेका थिए।

अर्न्तराष्ट्रिय मेयर सम्मेलनमा नेपाल पनि
निकट भविष्यमै सिकागो शहरमा हुने अर्न्तराष्ट्रिय मेयर सम्मेलनमा नेपालको पनि सहभागीता हुने भएको छ। अमेरीका भ्रमणका क्रममा सिकागो शहर पुगेकी नेपाली परराष्ट्रमन्त्री सुजाता कोईराला र सिकागो शहरका मेयर रिर्चड डेलीवीच बुधबार भएको भेटवार्तापछि सो सहमती भएको हो। भेटका अवसरमा सिकागोका मेयर डेलीले काठमाडौंको फोहर व्यवस्थापनका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए।
परराष्ट्रमन्त्री कोईरालाको स्वागतमा त्यहाँस्थित नेपाली जनसर्म्पर्क समितिले पनि एक कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा कोईरालाले आफुले अमेरीकी पक्षसंग नेपालमा शान्ति र आर्थिक अभिवृद्धीका लागि सहयोग गर्न आग्रह गरेको बताएकी थिईन। अमेरीका नेपाललाई हर तरहले सहयोग गर्न तयार रहेको मैले पाएं, कोईरालाले भनिन्।
सिकागोमा परराष्ट्रमन्त्रीको विशेष स्वागत गरिएको थियो। एय पोर्टदेखी नै सुरक्षाको विशेष प्रवन्ध मिलाईएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।