Skip to main content

पारसमाथि आइसएआईसंग मिलेर नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोप


-दीपेश केसी नयां दिल्ली।

पूर्व युवराज पारस शाह नक्कली भारतीय नोटको कारोबारमा जोडिएका छन्। आज प्रकाशित टाइम्स अफ इन्डियाको पहिलो र ११ औं पृष्ठमा छापिएको समाचारमा उनी पाकिस्तानी गुप्तचर संस्था आइएसआईसंग मिलेर नक्कली नोटको कारोबारमा सकि्रय भएको उल्लेख छ।

मध्यप्रदेशको आतंकवादविरुद्धको टोलीले नक्कली भारतीय नोटसहित पक्राउ गरेको राजेश गुप्ता र अतिक अहमदको बयानको आधारमा पारसमाथि अभियोग लगाइएको हो। अण्डर वल्र्ड डन दाउद इब्राहिमको समूहसंग सम्बन्ध राखेर पारसले आइएसआईसंग सांठगांठ गरेको उल्लेख छ। पारसलाई आइसएआईसंग सम्बन्ध बनाउन पूर्वमन्त्री सलिम मियां अन्सारीको छोरा युनुस अन्सारीले भूमिका खेलेको जनाइएको छ।

समाचारअनुसार ४२ वर्षका राजेश गुप्ता र ४३ वर्षका इतिक अहमद नेपाली नागरिक हुन्। अहमदले १२ वर्ष अघि नेपाली युवतीसंग विवाह गरेर नेपाली नागरिकता लिएका हुन्। यसअघि उनी उत्तर प्रदेशको अलिगरका बासिन्दा थिए। यसले अहमद नेपाली नागरिक हुन् होइनन् भन्नेमा शंका पैदा भएको छ। गुप्ता वीरगाजमा व्यापार गर्दै आएको उल्लेख छ। दुवैबाट पाँच सय दलको नक्कली नोटसहित रंगेहात पक्राउ गरिएको थियो। यद्यपि पारस र युनुसको संलग्नता रहे नरहेकोबारे थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। अन्सारीलाई आइयसआईसंग विशेष सम्बन्ध रहेको भनी ठोकुवा गरिएको छ। युनुसको व्यापारिक कम्पनि डि कम्पनि आइसएआईले भारतविरुद्ध षड्यन्त्र गर्न खडा गरेको भनिएको छ।

नेपालको बाटो हुँदै नक्कली भारतीय नोट भित्राउन पांच तहको समूह रहेको भन्दै पक्राउ परेका अहमद र गुप्तालाई तेस्रो तहका व्यक्ति भनिएको छ। व्यापारीका रुपमा भारतमा नक्कली नोट भित्राउन सकि्रयमध्ये पाचौं तहमा रहेकाहरु प्रमुख शहरहरुमा सकि्रय रहेको बताइएको छ। आतंकवादविरुद्धको भारतीय प्रहरीका डिआइजी पवन श्रीवास्तवले आइसएआईले आफ्ना एजेन्टमार्फत करोडौं नक्कली नोट भारत पठाइरहेको बताए। उनले थप अनुसन्धान हुने बताए। पक्राउ परेका अहमद र गुप्ता अबको आठ दिनसम्म प्रहरी हिरासतमा रहनेछन्।

नेपालमा हालसालै लाखौं भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेलगत्तै भारतीय प्रहरीले थप व्यक्तिहरुलाई पक्राउ गरेको हो। िसंगापुरमा रहेका पारस विगतमा पनि विवादमा मुछिने गरेकोमा पछिल्लो अभियोगलाई गम्भीरताका साथ लिइएको छ।




Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।