वीरगंज १६ भदौ । उजुरीका आधारमा प्रतिबन्धित छाला तेश्रो मुलुक निर्यात गर्न लागेको आरोपमा वीरगंज सुख्खा बन्दरगाहले बिहीवार पक्राउ गरेको तीन वटा कन्टेनरको आज चेकजांच गर्दा रांगा- भैंसीको छाला फेला परेको छ।
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मासुको नाममा भन्सार महसुल तिरेर ब्रेभ गोर्खाज इन्टरप्राइजेजले भितनाम पठाउन लागेको ना ३ ख ६७२० ६७१८ ६७१७ नंंको गाडीमा रहेको कन्टेनरलाई चेकजांच गर्दा करोडौं मूल्य बराबरको निकासी प्रतिबन्धित छाला फेला परेको हो।
सो कन्टेनरमाथि आवश्यक मुद्दा चलाउने सुख्खा बन्दरगाह भन्सारका प्रमुखले बताए।
अहिले पैसाको बलमा सो गाडी छुटाउन केही तत्वहरु सकि्रय भएको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment