Skip to main content

सत्तारुढ दल तयार भए सदन खोल्न माओवादी बाधक बन्दैन - सिपि गजुरेल

काठमाडौं भदौं १६। एकिकृत नेकपा माओवादीका सचिव सिपि गजुरेलले राष्ट्रपतिको कदमका र उपराष्ट्रपतिको सपथ ग्रहणको विषयमा संयुक्त रुपमा सदनमा छलफल गराउने भए सदन तत्काल खोल्न तयार भएको बताउनुभएको छ। हामी सदन सधै अवरुद्ध गर्ने पक्षमा छैनौं अहिले सरकार चलेको छैन भन्दै गजुरेलले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमा भन्नुभयो-ुउपराष्ट्रपतिको विषय ठूलो इस्यु होइन। यसले सरकारलाइ अप्ठ्यारो पार्ला तर जनतालाइ यसले केही फरक पार्दैन।ु

उहाँले भन्नुभयो-ुसंसद् खोल्नका लागि साच्चिकै सत्तारुढ दलहरु तयार छन् भने हामी बाधक बन्दैनौं। उहाँहरुले राष्ट्रपति उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गरौं र सदन खोलौं भन्नुहुन्छ भने हामी तयार छौं। छलफल गर्दा संसद्बाट सरकार ढल्छ भने त्यसलाइ पनि स्विकार्न सक्नुपर् यो।ु थप्नुभयो-ुहामी संविधान संशोधन गरेर मातृ भाषामा सपथ खान पाउने अधिकारका लागि बाधक बन्दैनौं।ु।गजुरेलले उपराष्ट्रपतिले हिन्दिमा सपथ लिदा पनि माओवादीले विरोध गरेको र अहिले पनि उपराष्ट्रपतिको कदमको समर्थन नगरॆको बताउदै भन्नुभयो -ुउपराष्ट्रपति धनुषाको हुनुहुन्छ। उहाको मातृ भाषा मैथली हो। यदि उहाले मातृभाषाप्रति प्रेम दर्शाएको भए मैथलिमा सपथ लिन खोज्नु हुन्थ्यो।ु गजुरेलले सरकार उपराष्ट्रपति नागरिक सर्वाेच्चता राष्ट्रपतिको कदम मंहगीलगायत कुनै पनि इस्युका कारण ढल्ने अभिव्यक्ति दिनु हुदै संविधान संशोधनको विषयबस्तु एकातिर र विवाद अर्काेतिर गइरहेको बताउनुभयो।

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलको प्रवत्ता नविन्द्रराज जोशीले माओवादीले सदन अवरुद्ध गरेर संविधान निमार्ण प्रकि्रयामा भाँजो हालेको आरोप लगाउनुभयो। उहाँले माओवादीले सदनमा राष्ट्रपतिको कदम गलत नभएको बताउदै यस विषयमा छलफल गर्न तयार नरहेको बताउदै माओवादीलाइ महाअभियोग ल्याउने चेतावनी दिनुभयो। जोशीले भन्नुभयो-ुमाओवादी सहमति प्रणालीबाट टाठा भाग्न खोजेको छ। नागरिक सर्वाेच्चताको नारा लगाएर माओवादीले आफ्नो दलको सर्वाेच्चता लाद्न खोज्दै छ।ु

नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले माओवादीले संसद् अवरुद्ध गरेका कारण जनतासँग सरोकार राख्ने मुद्दाहरु सदनमा उठ्न नपाएको माओवादीले उठाएको नागरिका सर्वाेच्चता सरकारलाइ अप्ठ्यारोमा पार्ने कुरा मात्र भएको आरोप लगाउनुभयो। ज्ञवालीले भन्नुभयो-ुसंविधान सर्वाेच्चता नै नागरिक सर्वाेच्चता हो। संविधान अनुसार सहमतिको राजनीतिक बाट अलग हुन खोज्नु माओवादी संविधानबाट टाठा हुनु खोज्नु हो।ु मधेस जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले भाषा विवादमा तानेर देशलइ तनावपूर्ण अवस्थामा पुर् याउने कार्य भएकाले त्यसका लागि तत्तकाल संविधान संशोधन गरेर समस्याको निकास दिन माओवादीलाइ सदन खोल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो - राष्ट्रपतिको कदको विषयमा छलफल मात्रै गर्ने हो भने हामी कांग्रेस र एमालेलाइ मनाउन तयार छौं। उहाँले भन्नुभयो-ुअहिले माधव नेपाल सरकारको विकल्प छैन। यो सरकार ढल्नु भनेको मुलुकमा अर्काे दुर्घटना हुनु हो। हामी यो सरकारलाइ बलियो बनाउँछौं र स्थायित्व दिन चाहान्छौं।ु

कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन गरि उपराष्ट्रपतिको सपथको विषयमा उठेको विवादलाइ साम्य पार्नका लागि माओवादीले एक दिनको लागि भए पनि सदन खोलि दिइ समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। संविधान संशोधनको प्रकि्रयामा भएकाले सद्भावनाले सरकारलाइ साथ दिएको बताउदै उहाले भन्नुभयो - यदि सरकारले यो विषयमा मौन बसेको भए हामी सरकार छोड्थियौं।ु

त्यस्तै कार्यक्रमा सद्भावना पार्टी आन्ददेवी की अध्यक्ष सरिता गिरिले अब पुनः लोकतन्त्रका लागि मधेस आन्दोलन हुने तब मात्र यी समस्याको समाधान हुने बताउनुभयो ।

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकलाई निकास दिनको लागि सहमतीको विकल्प नभएको ताउनु भयो । अवदलहरुविच सहमती गरेर अगाडि बढेमात्र देशले निकास पाउने कुरा प्रस्ट पार्नुभयो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।