Skip to main content

सिमराबाट आउने ट्याक्सी रेट निर्धारणको माग

वीरगंज, ३ मंसिर। वीरगंज नगरको लागि प्रयोग हुने विमानस्थल सिमरा हो। वीरगंज नगरबाट सिमराको दुरी करिब २० कि.मि. रहेकोले पर्यटक तथा यात्रुहरुलाई अवतरण पश्चात् आफ्नो गन्तव्यमा पुग्न ट्याक्सी वा अन्य साधन चाहिने हुन्छ। हाल पर्यटक एवं आम यात्रुहरुलाई सिमरा विमानस्थलबाट वीरगंज जानका लागि ट्याक्सी भाडा गर्न खोज्दा सार्‍है कठिनाईको सामना गरि रहनु परेको कुरा यात्रुहरुले बताएका छन्।
ट्याक्सीको भाडा सिण्डिकेट प्रणाली अर्न्तर्गत निर्धारित गरिएकोले वीरगंज आउनका लागि यात्रुहरुलाई अप्रत्याशित रुपले बढी भाडा तिर्नु परिरहेको छ। वीरगंजबाट सिमरा पुग्न प्रतिव्यक्ति १५० रुपैयाँ र सिमराबाट वीरगंज आउन २०० रुपैयाँ लिने गरिएको छ। त्यस्तै वीरगंजबाट सिमरा जान ट्याक्सी लिँदा ६०० रुपैयाँ तिर्नु पर्ने हुन्छ। जबकि सिमराबाट वीरगंजको लागि फुल ट्याक्सी लिँदा सिण्डिकेट प्रणालीकै कारण यात्रुबाट १००० रुपैयाँ ठठाउने गरिन्छ।
एकतर्फी प्रतिव्यक्ति ट्याक्सी भाडा १०० रुपैया भन्दा बढी नहुनुपर्ने र त्यस्तै दर्ुइ तर्फी फुल ट्याक्सी भाडा रु.६०० निर्धारण गर्ने माग यात्रु वर्गको रहेको छ। सिमराबाट ट्याक्सीको उचित भाडा निर्धारण गरी सोको र्साईनबोर्ड राख्ने व्यवस्था गर्न यात्रु तथा पर्यटकहरुले माग गरेका छन्। साथै सिमराबाट नियमित माइक्रो बस संचालनको माग पनि यात्रुहरुले गरेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।