
जाडोयाममा घामताप्न चाहने पर्यटकीय गन्तब्यको रुपमा सो डाँडालाई बिकास गर्न सकिने देखेर टेलिट्रान्स नामको ट्राभल कम्पनीका गाइड अनिल गोर्खालीले पर्यटकलाई पहिले पनि घुमाउन ल्याउने गरेको जानकारी गराए। सल्लाको मुढामाथि बसेर हरिया पहाड हर्ेन पाउदा पर्यटक निकै रमाइलो भएको कुरा पर्यटकहरुले भने। नेपाल कै पहिलो ६ लेनको अरनिको राजमार्ग भन्दा करीब एक मिटर उत्तरमा रहेको सो डाँडा भबिष्यमा रिर्र्सोटको रुपमा बिकास गर्न सकिने पर्यटक ब्यबसायीहरुको मत रहेको छ।
डाँडामुनि रहेको हनुमन्ते खोलामा कन्चन पानी बगाउने सकेमा त झन् सहर मै गाउँको अनुभव पाउन सकिने हरीत समूहका श्रीकृष्ण सितिखुको बिचार रहेको छ। राजमार्ग पारी रहेको सहर उन्मुख गाउँ कटुन्जे र्छलङ देखिन्छ। यहाँको प्रदुशणले गर्दा चमेरोहरुका संख्या बर्षोनी घट्दो छ। प्रकृतिका एक जीब चमेरो संरक्षण क्षेत्र घोषणा गरेर यहाँ पर्यटन गतिबिधि गर्न सकिन्छ।- रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment