Skip to main content

मंसिर ५ गते बजेट पारित हुन्छर्-अर्थमन्त्रालयका सल्लाहकार आचार्य

काठमाडौं, ३ मंसिर । अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले शुक्रबार बजेट पारित हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत नेकपा माओवादीको समेत सहमतिमा बजेट पारित हुने बताएका हुन्।
'माओवादी समेतको सहमतिमा यसै हप्ताको शुक्रबार बजेट पारित हुन्छ,' आचार्यले भने,'बजेट पारित गर्ने सहमति भइसकेको छ।' सरकारले सदनबाटै बजेट पारित गराउने बताए। अध्यादेश वा होहल्लाबाट बजेट पारितको विकल्प खोज्ननुनपर्ने बताए। बजेट पारित गर्न माओवादी समेत लचक हुनुलाई सकारात्मक रुपमा लिए। चार महिनासम्म बजेट पारित हुननसक्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। बजेट कुनै एक दलको मात्र नभएर आम नेपाली जनताको भएकाले खेलवाड गर्न नहुने बताए। बजेट पारित नहुँदा अर्थतन्त्रमा तरलता आएको बताए। तरलताका कारण पछिल्लो समयमा राष्ट्र बैंकले ६ अर्ब रकम बजारमा दिइसकेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अर्थविद डा.डिल्लीराज खनालले बजेट पारित गर्न नदिएर समस्या ल्याउन नियत नरहेको बताए। प्याकेजमा सहमति खोज्नुपर्ने भएकाले बजेटको विषय पनि एकैपटक सल्टाउन जोड दिएको बताए। उनले भने,'बजेट पारित गर्नुपर्छ भन्नेमा हाम्रो प्रमुख जोड हो, त्यसका लागि सहमति खोज्नर्ुपर्छ।' सहमतिका लागि राष्ट्रपतिको सेनापति थमौतीको कदमबारे सदनमा संकल्प प्रस्ताव मार्फ छलफल हुनुपर्ने जिकिर गरे। बजेट पारित भएपनि राजनीतिक अस्थिरता रहे आर्थिक क्षेत्र डामाडोल हुने बताए। राजनीतिक सहमतिसंगै बजेटबारे सहमति खोज्नुपर्ने बताए।
नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा.नारायण खड्काले कुनैपनि बाटोबाट यसै हप्ता बजेट पारित हुने बताए। सकेसम्म सहमतिमा बजेट पारित गराउने उल्लेख गर्दै भने,'सहमति नभए ध्वनी मतबाट बजेट पारित हुन्छ, नभए अध्यादेश ल्याइन्छ।' बजेट देशको अस्तित्वसँग जोडिएको भन्दै खेलवाड नगर्न आग्रह गरे। माओवादीलाई तत्काल सहमतिमा आउनुको विकल्प नभएको बताए। बजेट पारित नहुँदा समग्र अर्थतन्त्र तहसनहस हुने अवस्था आएको भन्दै माओवादी समेत प्रत्यक्ष प्रभावित हुने बताए।
र् अर्थविद् डा.विश्वम्भर प्याकुरेलले बजेट पारित नहुँदा देश असफल राष्ट्रको बाटोतिर बढेको बताए। बजेट पारित नहुँदा आर्थिक क्षेत्रका अलावा सामाजिक क्षेत्रमा समेत नकारात्मक प्रभाव परेकाले गम्भीर हुन आग्रह गरे। उनले भने,'देशलाई असफल हुनबाट जोगाउन तत्काल बजेट पारित गर्न माओवादीले सहयोग पुर्‍याउनर्ुपर्छ।' युद्ध र राजनीति गर्ने अन्य बाटो भएको तर बजेटमा नखेलन भने। देशको आर्थिक अवस्था राम्रो नभएको टिप्पणी गरे। कृषि उत्पादन घट्ने, मुद्रास्पिmती दोहोरो मापदण्डमा रहेको बताए। संकलित रकम खर्च नभएकाले थप समस्या आउने बताए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बजेट तत्काल पारित गर्न आग्रह गरे। आर्थिक क्षेत्र धराशायी हुने अवस्था आएको भन्दै दलहरुलाई मतभेद थाती राखेर बजेट पारित गर्न केन्द्रित हुन भने। समग्र अर्थतन्त्र तहसनहस हुनलागेकाले निजी क्षेत्र समस्यामा पर्नलागेको बताए। दलहरुबीच सहकार्य र एकतामा जोड दिए।
र् अर्थविद् डा.चिरञ्जीवी नेपालले बजेटमा राजनीति नगर्न आग्रह गरे। माओवादीले जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत गरेर बजेट पारित गर्ने ढोका खोलिदिनुपर्ने बताए। बजेट पारित गर्न ढिलाई गरे देश असफल हुनसक्ने खतरा औल्याए। उनले भने,'बजेट जनतामाथि राजनीति गर्ने दस्तावेज हो, बजेटनै अड्काएर केमार्फ् राजनीति गर्नुहुन्छ।' सांसदहरुले बजेटको महत्व नबुझेको टिप्पणी गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।