Skip to main content

बहराइनमा २५९४ औं तो (बाघ) ल्होसार भव्यरुपमा सम्पन्न

-सन्तोष दाहाल
बहराइन, २७ पुस। जनवरी ७ तारीखको साँझ उम अल-हसन स्थित होटल प्यालेसइनमा
बहराइनमा कार्यरत तमुहरूले भव्यरुपमा २५९४ औं तो ल्होसार मनाए। तीन सय
भन्दा बढि दर्शकहरूले खचाखच भरिएकोर् इम्पेरियल हलमा आयोजित साँस्कृतिक
कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो। र रात्रिभोजपछि सामूहिक
नाचसँगै गाई -ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो -बाघ वर्ग)को
स्वागत गरिएको थियो।
प्रमुख अतिथि भूपू कर्नेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी
कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्नु भएको थियो। त्ामू समाज
बहर्राईन्ाको वर्तमान अध्यक्ष दिपक तमूलेे यस कार्यक्रमको सभापतित्व
ग्रहण गर्नु भएको थियो। तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता
कृष्ण तमूको उपस्थितीमा बहर्राईमा सक्रिय अन्य थुप्रै संगठनका
पदाधिकारीहरू आमन्त्रित थिए। साथै, सहयोगकर्त्तर्ााथा आयोजक संघसंस्थानका
प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए। संगठनकै लगभग तीसओटा जति
सदस्यहरू स्वयंसेवक खटिएका थिए। चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले
अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए।
नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रममा दर्शकहरूले निकै
रमाईलो गरे। अमृत तमूले शुरुवात दिएको कार्यक्रमलाई कलाकारहरूले "औंसो
प्रदो तमूमे विकास लबरी" गीतले अगाडि बढाएका थिए। त्यसपछि पदम सुन्दर
तमूले स्वागत मन्तव्य राखेका थिए। यस कार्यक्रमलाई चन्द्र तमू, पदम
सुन्दर तमू तथा किरण तमूले संञ्चालन गरेका थिए। कार्यक्रमभरी थुप्रै
नाचगानआदीले दर्शक तथा पाहुनाहरूलाई भरपूर मनोरञ्जन दिएको थियो। गायनमा
राम तमू, किरण तमू, संगम तमू होम तमू, बिना पुन तथा श्रावण मिक्चन आदिको
प्रदर्शन सराहनीय थिए। साथै नृत्यमा अमृत तमू, राम तमू, चाँदनी तमूस्यो,
कला श्रेष्ठ, विश्वास, सबिना, तथा अनीता शर्मा आदीले कार्यक्रमलाई
अन्त्यसम्म पुर्‍याएका थिए। कार्यक्रमपछि विशेष सहयोगको लागि
कलाकारहरूलाई प्रमुख अतिथि श्री पूर्ण बहादुर तमू, संस्थापक अध्यक्ष र
संरक्षक गम तमू, प्रवक्ता श्री कृष्ण तमू , संगठनका अध्यक्ष दिपक तमू
साथै नेपाली क्लबका संस्थापक अध्यक्ष दिपक खड्का, नेपाली क्लबका वर्तमान
अध्यक्ष दर्ुगा गिरी तथा ख्ाोटाङ जनकल्याणकारी उद्घार समितिका दर्ुगा
थापा जस्ता मान्यजनहरूको हातबाट प्रमाण-पत्र प्रदान गरिएको थियो।
बहराइनमा निकै लामो समय अन्तरालपछि आयोजित यस नेपाली तमूहरूको
कार्यक्रममा दर्शकहरूको उपस्थिती उलेख्नीय थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।