Skip to main content

दसैमा सडक दर्ुघटना

काठमाडौं, ५ असोज। आम नेपालीहरुका महान चाड दशै र तिहारले घर आगनमा पाईला राखिसकेका छन्। अन्य चाड पर्व भन्दा दशै र तिहारको रौनक बेग्लै हुने गर्दछ। यसै अवसरमा घर बाहिर रहने हरुको आगमन अत्यधिक मात्रमा हुन्छ। व्यापार व्यवसाय गर्न समय पर्खनु पर्ने हाम्रो मुलुकमा यो समय व्यापार व्यवसायको लागि राम्रै अवसर पनि हो। यो समय यातयात व्यवसायीलाई भने गत्तिलो आम्दानी गर्ने मौका बनेको हुन्छ।
देश विकासको नमूना सडकहरुको विकास अहिले धेरै लामो दुरी तथा समय लाग्ने स्थानमा निकै कम समयमा पुग्न सकिने भएको छ। यो एक अत्यन्तै राम्रो पक्ष हो। तर दिनानु निद बन्दै गएका मृत्यु समचारको श्रोत पनि यहि नै हो भन्दा कता कता नरमाईलो पनि लाग्ने गर्दछ। हामीलाई अभ्यास्त भएकै कुरा हो अधिकांश सडक दर्ुघटनाहरु यिनै अवसरहरु पारेर हुने गर्दछन्। यसरी चाड पर्व तथा अवसरहरुमा हुने दर्ुर्घटनाको जिम्मेवारी को छ त - यहा“निर हामीले सोच्नु पर्ने बाध्यता छ। मृत्यु वरण गर्ने धेरै तरिकाहरु मध्येको एउटा तरिका सडह दर्ुघटना पनि हो तर यो तपाई हाम्रो कमजोरी, हेलच्यक्रयाईबाट पनि त यसो हुन लागेको छ की एक चोटी चेतनशिल बन्नु जरुरी छ।
सडक दर्ुघटना, सडक बनाउनु, सवारी साधन चलाउनु, यातयात गर्नुको अर्को नाम तर यसरी हुने अनाहक क्षतीबाट समयमै सोच्ने र चेतनशिल बन्ने हो भने पक्कै पनि दर्ुघटना न्यूनीकरण गर्न अवश्य सकिन्छ। यसको लागि सरकारले यातयात निकाय, ट्राफिक प्रहरी, विभिन्न चेतनामूलक प्रचार प्रसार गरिरहेकै हुन्छ। यिनीहरुको बावजुद हुने दर्ुघटना भनेको चेतनाको कमी, सरकारवालहरुको मनपारी, सिमीत स्वार्थमा आफ्नो कर्तव्य भूल्ने नागरिकहरुको कमजोरीको परिण्माम हो यो दर्ुघटना। यसको लागि तपाईहरुलाई म एउटा ज्वलन्त उदाहरण दिन चाहन्छु, पहाडि जिल्लाहरुमा यातायातका साधनहरु सिमित मात्रमा छन्, तिनीहरुमा यात्रा गर्ने यात्रीहरु भने अत्यधिक हुने गर्दछन्। यातायात व्यवसायीले यात्रुको पक्षमा उभिने भन्दा आफ्नो फाईदा देखि क्षमता भन्दा बढी यात्रु बोक्ने होड बाजी हुन्छ, यात्रुहरुलाई पनि बाध्यता हुन्छ किनकी एउटा गाडी छुटेको एक दर्ुइ घण्टा पछि मात्र छुट्ने गर्दछ जसले गर्दा सोचेको समयमा गन्त्व्यमा पुग्न सकिदैन। गन्त्व्यमा पुग्न नसकिने भएकोले थाहा हुदा हुदै पनि ज्यानलाई जोखिममा पारेर यात्रा गर्न बाध्य हुनु पर्छ अनि दर्ुघटनाको कारण पनि।
क्षमता भन्दा बढी यात्रु बोक्नु, पैसा कमाउने होडबाजीले अरुलाई उछिन्न खोज्नु सडक दर्ुघटनाका प्रमुख कारण हुन। यातयात व्यवसायीहरुले एउटा गाडीको जति क्षमता हो त्यति पुरा भईसके पछि अर्को गाडिको व्यवस्था गरिदिने, यात्रुु पनि यो असुरक्षित छ यसमा धेरै यात्रा गर्न जोखिम हुन्छ भन्ने कुराको जानकारी समबन्धित पक्षलाई जानकारी गराउने। यात्रा सहज र सरल बनाउन खटिएका राष्ट्रसेवक ट्राफिक प्रहरी ले ठाउ“ ठा“उमा निरीक्षण र अनुगमन गर्ने, नियम विपरित गरेकालाई दण्ड जरिवाना कर्डाईका साथ गर्ने। आदी कुराहरुको व्यवस्था गर्ने हो भने पक्कै पनि सडक दर्ुघटना कम गर्न सकिन्छ। यसको प्रतिफल सबैलाई फाईदा हुन्छ, अर्को यातायाते मौका पाउनु, यात्रीले सुरक्षित यात्रा गर्न पाउने आदी।
सडक दर्ुघटना एक ठूलो मानविय तथा जनधनो क्षती हो , यसलाई तपाईहामी र सरोकारवालाहरु आ-आफ्नो जिम्मेवारी, कर्तव्य र चेतनाको प्रयोग गर्नेहो भने पक्कै पनि दर्ुघटना न्यूनीकरण गर्न सकिन्छ।
यातयात व्यवसायीको कर्तव्य, क्षमता र अवस्थाको ख्याल गर्ने, ट्राफिक प्रहरीहरुको जिम्मेवारी र कर्तव्य अनुगमन र कारबाही गर्ने यात्रुहरुको यात्रुहरुको कर्तव्य चेतनशिल हुने र बन्न सिकाउने, र आम नागरिकहरुको कर्तव्य सरोकारवालहरुले आ-आफ्नो जिम्मेवारी र कर्तव्य निभाएका छन कि छैनन् यसको अनुगमन गरि खबरदारी गर्न सकेमा मात्र यसरी हुने सडक दर्ुघटनाहरु न्यूनीकरण गर्न सकिन्छ। -रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।