Skip to main content

भ्रष्टाचारको समाचार प्रकाशि भएपछि थारु छात्रावास संचालक समितिको ध्यानार्षण

वीरगंज, २० मंसिर। आदर्श थारु छात्रावासमा समेत भ्रष्टाचार भन्ने शिर्ष समाचार प्रकाशित भएपछि आदर्श थारु छात्रावास संचालक समितिको गम्भीर ध्यानाकर्षण जनाउंदै एउटा खण्डन पत्र जारी गरेको छ।
संस्थाले जारी गरेको पत्रमा उल्लेख छ- २००९ सालमा थारु समाजका अग्रज एवं समाजसेवी स्व. केवल चौधरीको अथक प्रयासमा स्थापना भएको यस संस्थामा हालसम्म विभिन्न कार्यकालमा गरी पांचवटा कार्यकारीणी संचालक समितिका रेखदेखमा संचालन हुंदै आएको जनाएको छ।
कार्यकारीणी समितिमा शान्ति चौधरीलाई यस संचालक समितिको निर्णय अनुसार मिति २०६५ चैत ७ गतेदेखि संस्थाको कोषाध्यक्ष पदमा नियुक्ति भइ कामकाज गर्दै आउनुभएकोमा निजले आप\mनो मनोमानी ढंले यस संस्थाको कोष संचालन गर्दै आएकोमा संस्थाका संचालक समितिले सो कार्य एकलौटी निर्णयले गर्नु मनासिब नहुने भनि रोक लगाएकोले निजले आफूखुशी गर्न नपाएकोमा मिति २०६६ कार्तिक ७ गते यस संस्थाको संचालक समितिसमक्ष राजीनामा पेश गरेको हुंदा कार्तिक २५ गते बसेको बैठकले निजको राजीनामा स्वीकृत गरेको थियो। ततपश्चात निजलार्य पटक पटक आप\mनो जिम्मा रहेको नगदी जिन्सी सहित आफूले आफनो कार्यकालमा गरेको आर्थिक कारोबारको पेश्की फछ्र्यौट गर्न आउनुहुन पत्राचार गर्दा पनि निजको जिम्मा रहेको आव. २०६५/६६ को लेखा परीक्षण प्रतिवेदनबाट बक्यौता रहेको असूल गर्नुपर्ने रकम रु ३५ हजार ५ सय ८५ समेत गरी कूल १ लाख १२ हजार ८ सय २५ यस संस्थाको रकम उल्टै हिनामिना गरेको देखिन्छ।
यस संस्थाको विधान बमोजिम संस्थाको कोष संचालन गर्ने अभिभारा कोषाध्यक्षको नै रहने हुंदा निजको कार्यकालमा नै महशुल तिर्न बांकी देखिन्छ। जबकि तत्कालीन कोषाध्यक्ष श्रीमती शान्ति चौधरीले आप\mनो पदमा बहाल रहदाको बखत निजले उठाएको रकममध्येबाट विद्युत महसुल तथा खानेपानी महशुल तिर्न पुग्ने प्रयाप्त रकम देखिए तापनि निजले के कति कारणले नतिरी हालसम्म बाकी बक्यौता देखिन्छ।
आदर्श थारु छात्रावासको नाममा दर्ता रहेको वीउमनपा वडा नं. ६ कि. नं. ६८ नम्शा नं. ०३९०-१४ जम्मा क्षेत्रफल ०.६६५५.४ वर्गमिटरको जग्गा हालसम्म यस संस्थाको नाममा नै दर्ता कायम रहेको छ। संस्थाको संचालक समितिको मिति २०६६ कार्तिक ११ गते बसेको बैठकले गरेको निर्णय अनुसार यहा उपलब्ध पुरान ाइटा र काठको समुचित सदुपयोग हुने गरी थप आय मूलक भवन टहरा निर्माण गर्ने र्सवसहमतिबाट निर्णय भएकोले सोही बमोजिम निर्माण भएको जानकारी गराइएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।