Skip to main content

लेखा समितिले जहाज खरिदमा अवरोध पुर्‍याउनुहुँदैन ः पर्यटन व्यवसायी

जहाज खरिद प्रक्रिया रोक्दैनौं ः लेखा समिति

काठमाडौं, १ मंसिर । नेपाल वायुसेवा निगम -एनएसी) को जहाज खरिदको पक्ष र विपक्षमा मुलुक बाँडिए पनि सरोकारवालाहरुले जहाज प्रक्रियालाई लेखा समितिले अवरोध गर्न नहुने र खरिद प्रक्रिया रोकिएमा सिंगो पर्यटन व्यवसाय नै धराशायी हुने बताएका छन् । बिहीबार रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा एनएसी व्यवस्थापन, लेखा समितिका सदस्यहरु र पर्यटन व्यवसायीले आफूहरु जहाज खरिद प्रक्रिया खुला गरिदिनुपर्ने र प्रक्रियामा पारदर्शीत्ाा खोज्नु स्वाभाविकै भएको औंल्याए ।

कार्यक्रममा र्सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले संसदको र्सार्वजनिक लेखा समिति जहाज खरिदको विरोधी नभएको खालि त्यसको खरिद प्रक्रियामा छलफल मात्र चलाएको बताए । उनले भने-लेखा समितिले उठाएका प्रश्नहरुको सम्बन्धमा जानकारी नदिई किन एनएसीले ७, ५०, ००० अमेरिकी डलर कमिटमेन्ट चार्ज पठायो - कात्तिक १९ गते नेपालमा सम्झौता गर्ने र अरब मुलुकमा गएर किन र्सार्वजनिक गरियो भन्ने प्रश्न उठेकाले मात्र बोलाएका हौं । भोलिको बैठकमा निगमबाट सबै कागजात आए जहाज खरिद प्रक्रिया खुला गर्न तयार रहेको उनले बताए । उनले भने- हामी खरिद प्रक्रिया रोक्न चाहँदैनौं । यसमा कसैले दुबिधा नलिए हुन्छ।

जहाज खरिद प्रक्रियामा आर्थिक विनियमावली र र्सार्वजनिक खरिद ऐननियमको पालना भएको, नभएको हर्ेन चाहेको उनले बताए । एनएसीले सबै कारोबार पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक रहेको उनले औंल्याए ।

क्लब अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनएसीका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले कुनै पनि हालतता जहाज खरिद नरोकिने र आउँदो सेप्टेम्बरभित्र दुइटा एयरबस आउने ठोकुवा गरे । उनले भने- बरु म जस्तोसुकै कारबाही भोग्न तयार छु । तर यो खरिदप्रक्रियाबाट पछि हट्दिन । लेखा समितिले मागेका कागजात बुझाइसक्दा पनि निर्ण्र्ाागर्न ढिला गरिएको उनले आरोप लगाए । उनले भने- लेखा समितिले राजनीति गर्ने होइन, विकास निर्माणमा सहयोग गर्नुपर्छ ।

लामो समयपछि निगम व्यवस्थापनले विमान खरिद प्रक्रिया अघि बढाइरेका बेला यसलाई प्रभावित पार्न खोजिएको उनको धारणा थियो । उनले अन्य सरकारी संस्थानका कामकारबाहीम्ाा मौन लेखा समितिले निगममा हात हाल्नु शंकास्पद रहेको बताए । उनले भने-एयरबस कम्पनीबाट समयमै एमओयु गरी बैनाको रुपमा रकम नपठाए डेलिभरी समय तालिका गडबढ हुने भएकाले पठाइएको हो । विशुद्ध रुपमा निगमकोे हित र पर्यटन पर््रवर्द्धनलाई सघाउ पुर्‍याउन गरिएको कामलाई खराब नियतले शंका नगर्न उनको आग्रह थियो ।

कार्यक्रममा लेखा समितिका सदस्य रवीन्द्र अधिकारीले एनएसीलाई संकट नपरोस् भनेर समिति संवेदनशील भएको भन्दै कार्यकारी अध्यक्ष र महाप्रबन्धकको विवादले भद्रगोल अवस्था देखा परेको बताए । उनले भने- हामी जहाज खरिदको विरोधी होइनौं । प्रक्रिया पूरा गरेर जहाज किन्नोस् । हामी अनुमति दिन्छौं ।

लेखा समितिका सदस्य केशव नेपालले एनएसी जहाज खरिद प्रक्रियामा कमिसनको खेल भएको सुनिएको भन्दै पारदर्शीताका निम्ति लेखा समितिले हात हालेको बताए । अर्का सभासद् नारायण दाहालले जहाज खरिद प्रक्रियामा व्यक्तिलाई होइन, संस्थालाई फाइदा हुनुपर्ने बताए । हतारमा काम गरेर फर्ुसदमा पछुताउने स्थिति आउन दिनुनहुने उनको भनाइ थियो । दुवै सभासद्को भनाइ थियो- जहाज खरिद प्रक्रिया रोक्नु हुँदैन । यसले मुलुकको आर्थिक क्षेत्रमा क्षति पुर्‍याउन सक्छ ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष२०११ का संयोजक योगेन्द्र शाक्यले जहाज किन्न नसकिए नेपाल भ्रमण वर्ष२०११ मनाउन नसकिने बताए । जहाज खरिद प्रक्रियामा राजनीति नगरौं । रोकिएमा पर्यटन क्षेत्र ध्वस्त हुन्छ । पर्यटन व्यवसायी वसन्त मिश्रले भ्रमण वर्षसफल पार्न पनि राष्ट्रिय ध्वजावाहकको जहाज थप्नुपर्ने बताए । उनले भने- पहिले हामीसँग १७ वटा जहाज थियो । अहिले सात वटा मात्र छ । हामी सँगै आएको थाई एयरवेज कहाँ पुगिसक्यो, हामी संकर्ीण्ाताका कारण यस्त्ाो नियति झेलिरहेका छौं ।

कार्यक्रममा पर्यटन व्यवसायी दीपक महत, राजेन्द्र बजगाईं, सुमन पाण्डे, शम्भू पाठकलगायतले जहाज खरिद प्रक्रिया रोकिए अन्तर्रर्ााट्रय विमान कम्पनीको विश्वास गुम्ने, नेपाल भ्रमण वर्षसफल नहुने, पर्यटन क्षेत्र संकटग्रस्त हुने भएकाले तत्काल खरिद अनुमति दिन लेखा समितिलाई आग्रह गरे ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।