Skip to main content

पर्सामा लहलहाउंदो गांजा र प्रहरी

वीरगंज, २२ मंसिर। हिजोआज ८२ गाउं विकास समिति रहेको पर्सा जिल्लामा लगभग सबैजसो गाविसका कृषकहरुले नगदेबाली गांजा धेरेथोर लगाएका छन्। एक महिनापछि गांजा खेती तयार हुन्छ। गांजा खेतीलाई अवैध मानिएको छ। नेपाल सरकारको कानूनले प्रतिबन्ध लगाएको छ। कानून कार्यान्वयन गर्ने निकाय सशस्त्र प्रहरी, जनपथ प्रहरीको विभिन्न गाउंमा रहेको प्रहरी पोष्टले अवैध र प्रतिबन्धित गांजा खेती नष्ट गर्नुलाई आफनो कर्तव्य नठानेर गांजा खेती संरक्षणमा सहयोग पुर्‍याउने हिसाबले गांजा खेती गर्ने कृषकहरुबाट प्रति कठ्ठा रु. २०० देखि ५०० सम्म नगद नारायण उठाइरहेको यथेष्ट प्रमाण फेला परेको छ। पर्सा जिल्लामा लगाइएको गांजा खेतीबाट केही पत्रकार र राजनीतिक दलका नेताहरुले पनि फायदा लिएको चर्चामा छ। पर्सा जिल्लामा गांजा राजनीति कायम छ। गांजा नष्ट गर्नु पर्दछ भन्नेहरु थोरै छन्, जसलाई गांजा खेतीबाट कुनै लाभ र सरोकार छैन। गांजा खेती संरक्षण हुनु पर्दछ भन्नेहरु धेरै छन्। जसलाई गांजा खेतीबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा फाइदा छ। यतिखेर पर्सा जिल्लामा ५ हजार विघामा गांजा खेती अनुमान गरिएको छ। नेपालमा उत्पादित गांजाहरुको प्रमुख बजार भारत हो। भारतमा पनि गांजा खेती गर्न, ओसारपसार र बेचबिखन गर्न प्रतिबन्ध छ तर गांजाका कारोबारीहरुले प्रत्येक वर्षनेपालमा उत्पादित ठूलो परिमाणको गांजा, अफिम भारतमा चोरी निकासी गरी मनग्गे रकम कमाइरहेका छन्। पर्सा जिल्लामा गांजा खेती र काठको तस्करी गर्ने ग्रामीण क्ष्ँेत्रका सबै व्यक्तिको पक्की घर र मोटरसाइकल छ। समग्रमा भन्नुपर्दा जोखिम धेरै मोलेर भए पनि गांजा कृषकहरुले आफनो आर्थिक स्थिति मजबुत पारेका छन्। प्रत्येक वर्षगांजा नष्ट गर्न प्रहरी टोली खटाइन्छ। कतै गांजा काटेर, पोलेर नष्ट गरिन्छ भने कतै जोगाइन्छ। यो खेल यसपटक अलि भइसकेको छैन। स्थानीय प्रहरी र प्रशासनलाई अवैध गांजा खेती नष्ट गर्ने आदेश माथिबाट आइसकेको छ, स्थानीय अन्य कामको बोझले प्रहरी र प्रशासनको ध्यान गांजा खेती फडानी गर्नेतर्फ आकृष्ट हुन सकेको छैन।
गत वर्षउत्पादित गांजा लोड भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिन खोज्दा पर्साको जानकीटोलामा प्रहरी र गांजा तस्कर समूहबीच दोहोरो गोली हानाहान हुंदा ट्रयाक्टर चालकको मृत्यु भएको छ। गांजा लोड भएको ट्रयाक्टर जिल्ला प्रशासन कार्यालय पर्साको हातामा रहेको छ। प्रत्येक वर्षगांजाको विषयलाई लिएर प्रहरी र गांजा तस्करबीच झडप हुन्छ, मानिस घाइते हुन्छन्, मृत्यु हुन्छ तर न गांजा खेती गर्न कृषकहरुले छाड्दछन्, न प्रहरीले गांजा खेती गर्ने कृषकहरुलाई पूर्णरुपमा हतोत्साहित पार्ने नीति, कार्यक्रम र योजना नै ल्याउन सकेको छ। प्रहरीले पैसा संकलन भने प्रत्येक साल गर्दै आएको छ। गांजा खेतीले पर्सामा द्वन्द्व र तनाव बढाएको छ। गांजाको उत्पादन, ओसारपसार र बेचबिखन दण्डनीय हो, यो अपराध हो। अपराधसंग सम्झौता गर्नु अर्को महाअपराध हो। गांजा खेती कि त पूर्णरुपमा नष्ट हुनुपर्‍यो होइन भने गांजा खेतीतर्फप्रहरी प्रशासनले हस्तक्षेप छाड्नुपर्‍यो। प्रहरीले पैसा पनि लिने, गांजा नष्ट गर्ने, बरामद पनि गर्ने, दोहोरो चरित्र र मापदण्ड अपनाउंदा दोहोरो झडप बढ्ने गांजा खेतीमा नियन्त्रण नआउने स्पष्ट छ। गांजा खेती पूर्णरुपमा हुन नदिने हो भने गांजा खेती गर्ने, बेचबिखन र ओसारपसार गर्नेसंग एक पैसा पनि लिनु हंुंदैन। इमान्दातिराका साथ सशक्त अभियानमा प्रहरी अघि बढ्यो भने गांजा खेती गर्नेहरु अवश्य हतोत्साहित हुन्छन्। अवैध गांजा खेतीको स्थायी समाधान खोज्ने हो भने वर्तमान सरकारको नीति, कारबाहीबाट सम्भव छैन। कृषकहरुलाई विकल्प दिएर मात्र गांजा खेतीका बारेमा ठोस योजना बनाउनु पर्दछ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।