Skip to main content

बहराइनमा तामाङहरु एकजुट भए

-सन्तोष दाहाल, बहराइन, २२ मंसिर। बहराइनको मानमा स्थित बबुल बहराइनको चोकमा बहराइनमा कार्यरत तामाङहरुले २९ नोभेम्बरका दिन एक भेलाको आयोजना गरी तामाङ घेदुङ बहराइन संघको स्थापना गरेका छन्। जसको उद्देश्य सम्पर्ूण्ा नेपालका तामाङहरु र नेपालबाट बहराइन आई बिभिन्न पेशा र व्यवसाय गरीरहेका तामाङहरुलाई एक आपसमा परस्पर सहयोगको भावना अभिवृद्धी एवं संगठित गर्ने कार्यक्रमहरु गराउने, नेपालका तामाङहरुको संस्कृतीको संरक्षण एवं सर्म्वर्द्धन गर्ने, नेपालका तामाङहरुको शैक्षिक, वौद्धिक, स्वास्थ्य, सुरक्षा, खेलकुद, आर्थिक, साँस्कृतिक तथा सामाजिक विकासको लागि आवस्यक कार्यहरु गर्ने, राष्ट्र विकासमा तामाङहरुको सहभागिता प्रोत्साहित गर्ने खालका कार्यक्रम गर्ने, तामाङ समुदायको सीप, ज्ञान र व्यक्तित्व जस्ता आत्मसम्मान बढाउने कार्यक्रमहरु गर्ने, तामाङ समुदायको साँस्कृतिक चार्डपर्वलाई बिर्सन नदिई साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन गर्दै समय अनुसार वैज्ञानिक रुपमा विकास गर्न गराउने, तामाङ भाषा, साहित्य, लिपी, कला, धर्म, इतिहास आदि बिषयहरुमा अध्यन अनुसन्धान एवं पत्र पत्रिका, पुस्तक प्रकाशन गर्नुका साथै र्सार्वजनिक सभा प्रवचन, गोष्ठी, समिनार लगायत सिर्जनशिल कार्यक्रमहरु संचालन एवं आयोजना गर्ने, बहराइनमा रहेका नेपाली तामाङहरुलाई विभिन्न समस्याहरु परेमा यस समाजले सक्दो सहयोग गर्ने, नेपाली तामाङ समुदायमा रहेका अन्धा, अपाङ, असहाय बालबालिका, विद्यार्थी, महिला लगायत आदिलाई सेवा पुर्‍याउनका लागि विभिन्न सीप मुलक, आयमुलक र व्यक्तित्व विकास गर्ने कार्यक्रम संचालन गर्ने र नेपाली तामाङहरुको हक अधिकार एवं मानव अधिकार प्राप्तीका लागि काम गर्ने आदी रहेको छ। गणेशमान तामाङ -थिम) को अध्यक्षतामा चयन गरिएको उक्त समितिको उपाध्यक्ष श्याम तामाङ -बम्जन), उपाध्यक्ष सुनिता लामा, सचिव तलक घिसिङ, सहसचिव कुमार लामा -डम्गन), कोषाध्यक्ष धन राज मोक्तान, सहकोषाध्यक्ष सोनम दोङ, सदस्यहरु प्रकाश तामाङ, शुक्रराम तामाङ, कमल तामाङ -घिसिङ), पासाङ घिसिङ हुनुहुन्छ। भने सल्लाहरकारहरुमा प्रमुख सल्लाहकार श्याम तामाङ -थिङ), सल्लाहकारहरु देवराज लामा, कोसिश मोक्तान हुनुहुन्छ। सो कार्यसमितिले आउदो छ महिना भित्र विधान बनाई साधारण सभाको आयोजना गरी नयाँ कार्य समिति चयन गर्ने छ र सदस्यता बिस्तार गर्ने छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।