वीरगंज, २२ मंसिर । नेशनल मेडिकल कलेज वीरगंजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले निकालेको शान्तिपूर्ण आन्दोलनमाथि अस्पताल व्यवस्थापन पक्ष्ँले दमन गर्ने प्रयास गरेपछि प्रहरीको सक्रियतामा ठूलो झडप हुन पाएन।
विभिन्न मांग राख्दै करिब चार महिनादेखि आन्दोलन गर्दै आउने क्रममा आज दिउंसो शान्तिपर्ूण्ा र्याली निकालेर नगर परिक्रमापछि अस्पतालको मूलगेटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे्रड युनियन महासंघका केन्द्रीय उपमहासचिव राजन तिमिल्सनाले आगामी २४ गतेसम्ममा अस्पताल व्यवस्थापन पक्षले निष्काशित मजदूरहरुको पुनरबहाली र कर्मचारीहरुको जायज मांगलाई पूरा नगरे तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए।
कोणसभाको क्रममा अस्पताल व्यवस्थापन पक्षले अस्पतालको गेट अगाडि लाठी, भाला, फार्सा, फाटासहित गुण्डाहरु तैनाथ गराएका थिए। गुण्डाहरुले कोणसभालाई विथोल्ने प्रयास गरेका थिए तर आन्दोलनरत मजदूर, कर्मचारीहरुले संयमता अपनाएको कारण ठूलो झडप हुन पाएन।
Comments
Post a Comment