वीरगंज, २९ साउन । बन्द रहेको वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखानाका कामदार कर्मचारीले आज वीरगंजको गण्डकमा १२ घण्टा चक्काजाम गर्ने भएका छन्।
आज बिहान ७ बजेदेखि गण्डक चोकमा टेण्ड गाडेर बसेका संयुक्त संघर्ष समितिमा आबद्ध मजदूर, कर्मचारीले राति ७ बजेसम्म चक्काजाम गर्ने संयोजक लालबहादुर पटेलले बताए।
विभिन्न ९ सूत्रीय मांग राख्दै आन्दोलनमा उत्रिएका मजदूर, कर्मचारीले विगत केही दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।

Comments
Post a Comment