वीरगंज, २९ साउन । सडक दुर्घटनामा मृत्यु भएका सहचालकका परिवारले अवरुद्ध गरेको पूर्व पश्चिम महेन्द्र राजमार्गको पथलैया सडकखण्ड सुचारु भएको छ।
आज बिहान सर्वपक्षीय छलफलमा तीन दिनभित्र उचित क्षतिपुर्ति दिने सहमति भएपछि पीडितका परिवार तथा यातायात मजदूरले आन्दोलन फिर्ता लिएका हुन्।
गत साउन २८ गते कविलास-५ घुमाउने भन्ने स्थानमा ना.३ख ४१२७ नंंको ट्रकबाट खसेर सोही ट्रकको सहचालक पिपरा सिमरा-९ निवासी करिब २६ वर्षीय रन्जु लामाको मृत्यु भएको थियो। मृतकका परिवारले रु ३ लाख क्षतिपुर्तिको मांग गर्दै ट्रकमा शव राखेर बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।

Comments
Post a Comment