Skip to main content

ब्युउटिसियनको सहर बन्दै पाटन


पाटन, ३१ साउन । युवतीहरुमा ब्युटिसियन बन्नेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने धारणाको बिकास भएको छ। यहाँ खुलेका ब्युउटिपार्लरहरुले यही संकेत गर्दछ। पाटनमा करीब ५ सय वटा साना ठुला ब्युउटिपार्लर रहेका छन्। पाटनका महिलाहरु कामकाजी हुन थाले पछि आफ्नो कार्यस्थलसम्म पुग्न राम्री भएर जानु पर्ने मान्यताको कारण ब्युउटिसियन ब्यबसाय फस्टाएको छ।
"नजिकै आएको तीज त हाम्रौ लागि दशैं नै हो" बिगत ५ बर्षेखि पाटनको चाकुपाटमा रीनाज ब्यउटिपार्लर चलाइरहेकी रीना महर्जनले भने। रीनाका अनुसार हिजोआज कामकाजी महिलाहरु बाहेक गृहणीहरु समेत आफ्ना बालबच्चाहरुलाई स्कुलमा लिन जान र पुराउन जानु पर्ने कारण बेलाबेलामा ब्युउटिपार्लरमा आएर फेसियल सेवा उपयोग गर्दछन्।
ब्युउटिपार्लर खोलेर पुख्र्योली पेशालाई आधुनिकरण गरेकी छिन्। अहिले भने उनको पार्लरमा नंग मात्र काटिदैन, ग्राहकहरुको चाहना बमोजिम रंगरुप नै परिबर्तन गरिदिन्छन्।
पाटनका हरेक टोलमा खुलेका ब्युउटिपार्लरका ब्युउटिसियनहरुलाई आधुनिक नारीहरुलाई श्रृङगार गर्न भ्याइनभ्याइ छ। डेटिङमा जान लागेका टिनएजरहरु पनि ब्युउटिपार्लहरुमा मेक अप गर्न आउने गरेका छन्। मेक अप गर्न आएकी अनुजा सिलवाल भने "मेक अप गर्नाले आफु राम्री छु आत्मबिश्वास बढ्छ, आत्मबिश्वासको कारण ब्वाँय प|mेण्डसंग मनको कुरा खुलस्त राख्न सक्छु"। अनुजा जस्तै आफ्नो पकेट मनि जोगाएर मेक अपमा ध्यान दिने टिनएजरहरुको संख्या बढेको ब्युउटिसियनहरुको भनाइ रहेको छ।
ब्युउटिसियन पेशा कमाएर खान सक्ने पेशा भएको छ। सिजन एउटा ब्युउटिसियनले मासिक कम्तिमा पनि २० हजार रुपियाँ कमाउन सक्छन्। ठुला लगानी गर्नेहरुले त यो भन्दा पनि धेरै कमाउने गर्दछन्। तीज र बिवाहको लगनलाई ब्युउसियनहरुले आफ्नो सिजन मानेका छन्।
ब्युउटिसियनहरुले टेलिभिजन, होटेल, फिल्म, म्युजिक भिडियो निमार्ण्र्ाार्ने कम्पनीहरुमा समेत पार्ट टाइम काम गर्ने गरेका छन्। यसरी काम पाएकाहरुको आम्दानी उल्लेख्य छ। नेपालमा फैलदै गएको ब्युउटिसियनहरुको संगठनले पनि यो कुराको पुष्टि गर्दछ।
पहिला पहिला सामान्य साक्षर महिलाहरुले यो पेशा अंगालेको यस क्षेत्रको सुनिश्चित भबिष्यको कारणको शिक्षितहरु आर्कशित भएका छन्। आए पास गरेकी सीतु महर्जन यही पेशामा भबिष्य देखेको कारण ब्युउटिसियन बनेकी छिन्। यस अघि उनी शिक्षिका थिइन।
पाटनका धातुकला बिश्व मै नामुद छन्। त्यसैले यो सहरलाई ललितकलाको सहर अथवा ललितपुर पनि भन्ने गरिएको छ। ललितकला अर्न्तगत पर्ने ब्युउटिसयन पेशा ललितपुर सहरको नामलाई जीबन्त तुल्याउने देखिएको छ।
टेलिभिजनको पर्दामा घरपेटी बाको भुमिका निभाउने राजु याकचा पनि यसै सहरका बासिन्दा हुन। उनी पनि एक मेक अप आर्टिष्ट हुन। उनकै सफलता कै कारण पनि पाटनका धेरै युवतीहरुलाई ब्युउटिसियन बन्ने इच्छा जागेको छ। बढ्दै गएको ब्युउटिसिउन बन्ने मोहको कारण एक दिन पाटन ब्युउटिसियनहरुको सहर बन्नेमा दुइमत छैन।- रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।