Skip to main content

पञ्चेश्वर परियोजना अगाडि बढ्छ-ऊर्जामन्त्री डा.महत

काठमाडौं, साउन ३१ । ऊर्जामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा पञ्चेश्वर सम्झौता अनुसार थाती रहेका समस्या समाधान गरी काम अगाडि बढाउने सहमति बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर परियोजना निर्माणको काम अगाडि बढाउन राष्ट्रिय सहमति भइसकेकाले टुंगो लगाउन कसैले आपत्ती जनाउन नमिल्ने जिकिर गरेका हुन् ।
'पञ्चेश्वर सम्झौता राष्ट्र हितमा छ,' ऊर्जामन्त्री महतले भने,' प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता अनुसार काम अगाडि बढाउने टुंगो लाग्नेछ ।' माओवादीले आफू सरकारमा रहदा पञ्चेश्वर परियोजनालाई सकारात्मक रुपमा लिएको र सरकार बाहिर पुगेपछि राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको बताए । राष्ट्रवादको मुकुण्डो ओढेर गरिबको नाममा नारा तयार गर्ने अभ्यास नगर्न माओवादीलाई चेतावनी दिए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा पञ्चेश्वर सम्झौताको विरुद्ध भारतभित्रबाट आवाज उठिरहेको उल्लेख गर्दै नेपालबाट पनि विरोध गर्नु पञ्चेश्वर विरोधी भारतीयको लहलहैमा लाग्नुसरह हुने बताए । भारतले विगतको अडान छाडेर बांध नेपालले भनेको स्थानमा निर्माण गर्नेमा सहमति जनाएको, कार्यालय नेपाली भूमिमै खोल्ने र पानीको सवालमा नेपालले उठाएको विषयमा सकारात्मक रहेको सन्देश दिएको बताए । मौका नेपालको हातमा आएकाले चुकाए नेपाल र नेपाली जनतामाथि घात हुने टिप्पणी गरे । भारतले निर्माणमा ६३ प्रतिशत खर्च गर्ने सहमति जनाएबाट आफूहरु उत्साही भएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा ट्रान्समिसन लाइन निर्माणबारे पनि महत्वपर्ूण्ा सहमति हुने बताए । भारतसँग एक सय ५० मेगावाट विद्युत सहुलियतमा खरिद गर्नेबारे सहमति गर्ने तयारी भइरहेको बताए । राष्ट्र हितविपरित कुनै पनि सहमति नहुने भन्दै अनावश्यक हल्ला नफिजाउन आग्रह गरे ।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पञ्चेश्वर सम्झौता राष्ट्रघाती भएकाले निर्माण अगाडि बढाउन सहमति गर्ने अधिकार वर्तमान सरकारलाई नभएको बताए । पञ्चेश्वरबारे आफ्नो दलसँग कुनै सहमति नभएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई सन्धी, सम्झौता या सहमति नगर्न चेतावनी दिए । सहमति गरेमा आन्दोलनलाई अझै चर्काउने बताउदै भने,'पञ्चेश्वर अगाडि बढाउने सहमति गरेर आएमा कडा आन्दोलनको सामना गर्न तयार भए हुन्छ ।' २०१६ सालको गण्डक र २०५२ सालको पञ्चेश्वर सम्झौता नेपालको इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको भ्रमणमा हतियार ल्याउनेबारे सम्झौता भए दर्ुभाग्यपर्ूण्ा हुने बताए । हतियार ल्याउनु शान्ति सम्झौता विपरित हो भन्दै सरकारले शान्ति खलबलाउने कदम चाल्न लागेको आरोप लगाए । सरकारमा रहेकाहरुबाट हतियार सम्झौताबारे भिन्न भनाई आएबाट शंका बढेको बताए ।
नेपाली भूमि ५८ स्थानमा अतिक्रमण भएको भन्दै त्यसबारे कुरा उठाउन आग्रह गरे । राष्ट्रहितका लागि भुटानी शरणार्थी समस्यालगायतका विषयमा कुरा उठाउनुपर्ने बताए ।
प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार राजन भट्टर्राईले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय सहमति नभएका र दर्ीघकालिन राजनीतिक प्रकृतिका कुनैपनि सन्धी सम्झौता गर्ने एजेण्डा नबनाइएको प्रष्ट पारे । भ्रमणबारे अनावश्यक हल्ला फिजाइएको भन्दै भ्रममा नपर्न आग्रह गरे । प्रधानमन्त्रीको भ्रमण नितान्त सद्भाव भ्रमण भएको बताए । भ्रमणमा आर्थिक र वाणिज्य सम्बन्धि विषयमा सहमति बनाउने एजेण्डा तय भएको बताए ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।