Skip to main content

भारतीय नेताहरुद्वारा वर्तमान सरकारको निरन्तरतामा जोड

ऋषि धमला, नयां दिल्ली, २० कार्तिक। भारतीय नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएका छन्। उनीहरुले सरकार लोकतान्त्रिक प्रणालीबाट बनेकाले र्समर्थन र सहयोग रहने बताएका हुन्।
भारतीय सत्तारुढ कांग्रस आइका विदेश विभाग प्रमुख डा.करण सिंहले माधव नेपाल नेतृत्वको सरकारलाई र्समर्थन रहेको बताए। नेपालमा शान्ति प्रक्रिया अगाडि बढिरहेकाले सत्ता परिवर्तन भन्दा मिलेर अगाडि बढ्न सुझाव दिए। उनले भने, भारत नेपालको शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरण चाहन्छ। दलहरुलाई सहमतिका साथ संविधान निर्माणको एजेण्डामा केन्द्रित हुन आग्रह गरे। पछिल्लो समयमा उत्पन्न राजनीतिक असमझदारीप्रति चिन्ता समेत व्यक्त गरे। आन्दोलनभन्दा सहमतिमा जादा नेपालको हिन हुने बताए। दर्ुइ देशको सम्बन्ध अझै सुदृढ हुदै गएकाले विकासका क्षेत्रमा भारतले सहयोगलाई अझै बढाउने बताए।
भारतीय जनता पार्टर्ीी अध्यक्ष राजनाथ सिंहले माधवकुमार नेपाल नेतृत्वको सरकारकै निरन्तरतामा जोड दिए। वर्तमान नेपाल नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, माधव नेपाल नेतृत्वको सरकारले समयमै संविधान निर्माण गर्न सक्छ भन्नेमा विश्वस्त छौं। उनले दलहरुबीच असमझदारी हटेर सहमति बन्नेमा विश्वास व्यक्त गरे। नेपाली जनताले शान्ति चाहेको आफूहरुको बुझाई रहेकाले दलहरु त्यही बाटोबाट अगाडि बढ्ने आशा व्यक्त गरे।
जनता दल युनाइटेडका नेता शरद यादवले एकीकृत नेकपा माओवादीलाई संविधान निर्माण र शान्ति प्रक्रियामा केन्द्रित हुन सुझाव दिए। नेपाली जनताले आफ्नो मतद्वारा संविधानसभा निर्माण गरेको भन्दै लोकतान्त्रिक ढंगबाट अगाडि बढ्न आग्रह गरे। दलहरुबीचको असमझदारीले शान्ति प्रक्रियालाई संकटमा पुर्‍याउनसक्नेतर्फसचेत हुन आग्रह समेत गरे। उनले भने,म प्रचण्डजीसंग कुरा गरेर शान्ति प्रक्रियाको अवस्थाबारे कुरा गर्छर्ुु माओवादीले आन्दोलन अगाडि बढाइरहदा माओवादी नेताहरुको पछिल्लो भनाई आएको हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।