Skip to main content

वीउवासंघ र भारतीय रेल अधिकारी बीच छलफल

वीरगंज, २० कार्तिक/भारतीय रेल्वेले केही महिनादेखि रक्सौल स्टेशनमा पैठारी हुने मालसामानहरुमा ६ गुना विलम्ब शुल्क लगाई रहेको विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलले समस्तीपुर स्थित भारतीय रेल मण्डलका डिआरएम कुन्दन चौधरीसँग भेटघाट गरेको समाचार प्राप्त भएको छ। नेपालमा रक्सौल स्टेशनल मार्फ् पैठारी हुने सामानमा ६ गुना विलम्ब शुल्कका कारण नेपाली उद्योगहरु मर्कामा परिरहेका थिए र वीउवासंघले यस सम्बन्धमा समाधानको लागि विभिन्न निकायमा माग उठाउँदै आएको थियो।
रक्सौल स्टेशनबाट मालसामान उठाएर लैजान आयातकर्ताहरुले अत्यधिक विलम्ब गर्ने गरेकोले उनीहरुको कार्यदक्षता बढाउने उद्देश्यले नै भारतीय रेल्वेले विलम्ब शुल्क बढाएको कुरा भारतीय रेलका अधिकारीले स्पष्ट गर्नुभयो। विलम्ब शुल्कको कारण आयातकर्ताहरुको कार्य दक्षता बढेको विगत महिनामा रक्सौल स्टेशनले ५० रेक मालसामान ढुवानी गरेर नयाँ कर्ीर्तिमान स्थापित गरेको कुरा रेल प्रबन्धकले बताउनुभयो। रक्सौलमा क्रेन, लोडर र ट्रकहरुको अभावको समस्या रहेको र रेलका वैगनहरु अल्भिmएर रेललाई नोक्सान हुने गरेकोले विलम्ब शुल्क लगाउनु परेको वहाँले स्पष्ट गर्नुभएको थियो।
तर वीरगंजका उद्योगी व्यापारीहरुको निरन्तर आग्रहलाई ध्यानमा राख्दै कार्तिक २४ गतेदेखि रक्सौल रेल स्टेशनमा जरिवानायुक्त विलम्ब शुल्क नलगाउने आश्वासन वहाँले दिनु भएको छ। यस अघि रेलले केही दिन बिराएर पटक-पटक जरिवानायुक्त विलम्ब शुल्क लगाउँदै आएको थियो तर अहिलेको भेटघाटको क्रममा दिइएको आश्वासनले सो समस्या हल हुने भएको छ। रेल प्रबन्धकले पैठारीकर्ताहरुले निर्धारित समयभित्र रक्सौल साइडिङ्गबाट आफ्नो मालसामान उठाएर लैजान दक्षता बढाउनुपर्ने कुरा औल्याउँदै यसको लागि वीउवासंघले पैठारीकर्ताहरुलाई अभ्रि्रेरित गर्नुपर्ने सल्लाह समेत दिएका थिए। वीउवासंघले रक्सौल स्टेशनको भौतिक पर्ूवाधार विकसित गर्नुपर्ने माग राख्दै आएकोमा सोलाई सम्बोधन गर्दै आउने नोभेम्बर महिनादेखि ६ महिनाभित्र भारतीय रेलले रक्सौल स्टेशनमा करिब डेढ करोड भारतीय रुपैयाँ खर्च गर्ने आश्वासन समेत भारतीय रेलले दिएको छ।
वीउवासंघ उद्योग व्यापारको क्षेत्रमा आई पर्ने समस्याहरुको यथोचित निकास निकाल्न प्रयासहरु गर्दै आएको छ। उद्योग वाणिज्य संघको प्रयास प्रति जागरुकता देखाउँदै भारतीय रेल तथा भारतीय महावाणिज्य दूतावासले खेलेको भूमिकाको लागि संघका अध्यक्ष ओमप्रकाश सिकरियाले आभार व्यक्त गर्नुभएको छ। नेपालमा पैठारी हुने क्लिंकर, सिमेन्ट र फलामको वाषिर्क परिमाण निरन्तर वृद्धि हुँदै गएको छ र सो सर्न्दर्भमा भारतीय रेलले आफ्नो पर्ूवाधार विकास गरेन भने नेपालमा आउने मालसामानमा अवरोध उत्पन्न हुन सक्ने भएकोले भारतीय रेल र पैठारीकर्ता दुवैले आ-आफ्नो क्षमता विकास गरेर मेटेरियल हैण्डलिङ्ग इक्विपमेन्ट थप्नु पर्ने आवश्यकता रहेको कुरा अध्यक्ष सिकरियाले भन्नुभयो।
सो अवसरमा रक्सौल रेल्वे स्टेशनमा उत्तर तिरबाट प्रवेशको लागि आकाशेपुल निर्माण गर्ने, इण्डियन आयल निगमको डिपो निरको ढाला फाटकमा आकाशेपुल निर्माण गर्ने आदि विषयमा पनि भारतीय रेलका प्रबन्धकले छिट्टै नै सो निर्माण कार्य पूरा गर्ने आश्वासन समेत दिनु भएको छ। रक्सौल स्टेशनमा रेलवे सहजीकरणको लागि गठित हुने समन्वय समितिमा नेपाली उपभोक्ताहरुको प्रतिनिधित्व गराउनुपर्ने सल्लाह प्रति समेत भारतीय रेल प्रबन्धक सकारात्मक रहेको बुझिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।