Image by jaqian via Flickr
वीरगंज, ३२ साउन । एक वर्षअघि पेट्रोलियम डिलर्स एसोसिएसनसमक्ष प्रस्तुत गरेको १५ सूत्रीय माग पूरा नभएकोविरोधमा नेपाल पेट्रोलियम मजदूर युनियनले तराइ तथा उपत्यकाका केही जिल्लाहरुमा पेट्रोलियम पदार्थ विक्री वितरण्ँ बन्द गरेपछि सरकार र मजदुर यूनियनबीच आज विहान वार्ता हु“दैछ।
पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि सर्वसाधारण उपभोक्ताहरु मारमा परेका छन्।
युनियनले पेट्रोलपम्पमा कार्यरत मजदूरहरुलाई नियुक्तिपत्र दिनुपर्ने, न्यूनतम वेतन, दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने र त्यसभन्दा बढी काम गरे ओभर टाइमको व्यवस्था गर्नुपर्ने, कामदारको विमालगायतका १५ बु“दे माग राखेको छ ।
निजी पेट्रोलपम्पहरु बन्द भएपछि काठमाडौं उपत्यकामा रहेका १ सय १५ पेट्रोलपम्पमध्ये नेपाली सेना, प्रहरी र साझा पेट्रोलपम्पबाट मात्र पेट्रोलियम पदार्थ विक्रीवितरण्ँ भएको छ । त्यहा“ विहानैदेखि पेट्रोल र डिजल लिने सवारी साधनको लामो लाइन लागेको छ।
युनियनका अध्यक्ष गोकर्ण्ँ खड्काले भने मजदुरका माग पूरा नभए अझ कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् भने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले एक्कासी पेटोलियम पदार्थ विक्री वितरण बन्द गरेकोमा भत्सर्ना गरेको छ।
पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि र्सवसाधारण मर्कामा पर्ने नै भए, जसितक्दो चाडो विवादलाइ टुंगोमा लगाउनर्ुपर्छ
ReplyDelete