-सुभाषप्रसाद साह-
बारा, ३२ साउन। १२ सुत्रिय माग तोकिएकै समयमा पुरा नभए नेपाल स्वास्थ्यकर्मी युनियन बाराले चरणबद्ध आन्दोलन गर्ने चेतावनी शनिबार दिएको छ। युनियनद्वारा शनिबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिईएको हो। युनियनको केन्द्रीय कमिटिले बिभिन्न १२ सुत्रिय माग सहितको एक ज्ञापनपत्र दिदै सो माग साउन १७ गते सम्म पुरा गर्न माग गरेको युनियनका बारा जिल्ला अध्यक्ष रामएकबालप्रसाद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सो पत्रकार सम्मेलनमा युनियनका केन्द्रीय सदस्य अनिल पाण्डे, केन्द्रीय पार्षद अच्छेलाल साह लगाएतको उपस्थिति रहेको थियो।
Comments
Post a Comment