काठमाडौं, २४ असोज । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले आफ्नो अधिकार खोज्दा अरुको अधिकार खोस्न नहुने विचार राखेका छन्। उनले अहिले प्रमुख तीन दलहरुको आपसी द्वन्द्वलाई सांढेको जुधाइ भन्दै यस्तै जुधाइ रहेमा समयमै संविधान लेख्न नसकिने चेतावनी दिएका छन्।
थारु कल्याणकारिणी सभाले शनिबार राजधानीमा आयोजना गरेको संविधान निर्माण प्रकृयामा थारुहरुको आवाज विषयक कार्यक्रममा बोल्दै आचार्यले प्रमुख तीन राजनीतिक दललाई सबैले खबरदारी गरेर एक ठाउंमा उभिने वातावरण बनाउन र दवाब दिन पनि अपिल गरे। राजतन्त्र फाल्नलाई सबै राजनीतिक दलहरु एकजुट भएजस्तै संविधान निर्माण हुने बेलामा सबै राजनीतिक दल एकजुट हुने विश्वाश गर्दै बेलैमा संविधान नबन्ने पो हो कि भनेर निराश नहुन पनि आग्रह गरे। उहाँले थारु कल्याणकारिणी सभाले विगतमा गरेको शान्तिपुर्ण आन्दोलन सबैका लागि उदाहरणीय छ पनि भने। कार्यक्रममा संविधानसभा राज्यको शासकीय स्वरुप निर्धारण समितिका सभापति शम्भु हजारा पासवानले पनि निर्धारित समयमै संविधान बनाउन दलहरु चिन्तित हुनर्ुपर्ने विचार राखेका थिए।

Comments
Post a Comment