वीरगंज, २८ मंसिर । धूलो उडेर वातावरण प्रदूषण भएपछि स्थानीयवासीले सडक मर्मत हुनुपर्ने मांग गर्दै आज बिहान पथलैया बीरगंज सडक खण्डको परवानीपुर बजारमा पौने घण्टा चक्काजाम गरेका थिए।
सो स्थानको ५०० मिटर सडक बिग्रिएर धुलो उडेपछि स्थानीयवासीले पटक पटक सरोकारवालालाई जानकारी गराए पनि कुनै पहल नभएको विरोधमा आज बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका थिए।
नगरपालिकाले दैनिक रुपमा पानी हाल्ने र्सतमा प्रहरीले पौने ९ बजेदेखि सो सडकखण्ड सुचारु गराएका थियो।

Comments
Post a Comment