Skip to main content

गैर-आवासिय नेपाली संघ -एनआरएन)को नेतृत्व र्सवसम्मत हुन्छ(उपेन्द्र महतो

काठमाडौं, २५ असोज । गैर-आवासिय नेपाली संघ -एनआरएन) का अध्यक्ष डाक्टर उपेन्द्र महतोले गैर आवासिय नेपाली संघको नेतृत्व र्सवसम्मत हुने बताएका छन्। आइतबार रिपोर्टस क्लब नेपालको साक्षत्कारमा उनले र्सबसम्मत नेतृत्व पनि चुनाव नै भएको विषयमा सबै प्रत्यासीहरु सहमत भएकाले नेतृत्व र्सवसम्मत हुने बताए। आगामि मंगलबार हुने एनआरएनको सम्मेलनमा देवमान हिराचन, रामप्रताव थापा क्षेत्री र भीम उदासले अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गरिसकेका छन्।
ऋषि धमलाको अध्यक्षमा सम्पन्न साक्षत्कारमा नेपाल सरकारका कारण गैरआवासिय नेपालीले चाहे जति लगानी गर्न नसकेको बताए। 'सरकारले ६ महिनामा नै बनाउने भनेको ऐन ६ बर्षपछि बल्ल बनेको छ ,जसले गर्दा गर्नसक्ने सयूक्त लगानीमा ढिलाइ भएको छ। महतोले भने, 'नेपालमा हाइड्रो पावर, सडक, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा गैरआवसिय नेपालीले लगानी गर्न चाहेका छन्।' यदि सरकारले वातावरण निर्माण गरिदिने हो भने धेरै ठुला प्रोजेक्टमा लगानी भित्रने छ। उनले एनआरएनहरुलाई भने नेपालमा ऐन कानुन बन्दै जान्छ, हामीहरु पनि लगानी गर्दै जाँउ। साझा लगानीले मात्र मुलुकलाई समुन्नत बनाउँने छ।
कार्यक्रममा महोतोले गैरआवासिय नेपालीले अहिले सम्म ३ सय मिलियन डलर आर्थिक र ३० करोड भन्दाबढी सामाजिक क्षेत्रमा लगानी गरिसकेको जानकारी दिए। उनले नेपाल समृद्ध बने विदेशमा रहेका नेपालीहरुको शीर उँचो हुने भएकाले सबैको ध्यान नेपालको विकासमा केन्द्रीत रहेको बताए। एनआरएनको तिन उद्देस्य प्रष्ट पार्दै अध्यक्ष महतोले भनेे विश्वभरी छरिएर रहेका नेपालीहरुको एक आपसमा परिचीत र संगठित हुन, विदेशमा पनि नेपालीहरुको विविध समस्या भएकोले उनीहरुको समस्या समाधान गर्न अनि विदेशमा कमाईएको आर्थिक, वौद्धिक र विविध क्षेत्रका अनुभव केहि मात्रामा मुलुकका लागि लगानी गर्न गैरआवासिय नेपाली संघको आबश्यकता रहेको छ। उनले शान्ति र विकास एउटा सिक्काका दुइटा पाटा भएकाले विकासका लागि शान्ति अपरिहार्य भएको बताए। अध्यक्ष महोताले गैरआवासिय नेपालीको नेतृत्व हस्तान्त्रण गरेपछि आफु आर्थिक राजनितिमा सक्रिय रहने बताए। उनले भने म राजनीति गर्दिन तर आर्थिक राजनीति गर्छर्ुु कार्यक्रममा महतोले आफ्नो लक्ष्य प्रष्ट पार्दै भने विश्वका धेरै देशमा नेपालीलाई भिषा नै नचाहियोस, भिषा चाहिने देशका अध्यागमनमा पनि प्लिज वईट नभनेर प्लिज वेलकम भन्ने वातावरणको निर्माण होस। उनले भने नेपालको हरियो पासपोर्ट विश्वका लागि गोरव बनाउन सकौं।
रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गैरआवासिय नेपालीहरुलाई नेपालमा लगानिको बाताबरण बनाउन सरकारलाई आग्रह गरे। उनले गैरआवासिय नेपालीहरुले मुलुकप्रतिको दाइत्व बोध गरि कार्यक्षेत्रमा लाग्न अनुरोध गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।