हङकङ, २५ असोज । चर्चित गायकद्वय राजु लामा र दिपक बज्राचार्यले हङकङमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा गायन कला प्रस्तुत गर्नेभएका छन्। दिपावलीको अवसरमा नेपाली जनसम्पर्क समिति हङकङले आगामी १८ अक्टोबरमा हङकङको जोडनस्थित हेनरी जिउङ कमिटि हलमा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने भएका हुन् ।
जनसम्पर्क समिति हङकङका अध्यक्ष इश्वर खांणले सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए। गायकद्वयलाई भव्य स्वागत गर्नेलगायतका कार्यक्रम पनि रहेको उनले बताए। कार्यक्रममा हङकङमा रहेका सयौं नेपाली सहभागी हुनेछन्। नेपाली कांग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसर्म्पर्क समिति हङकङले विविध सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । उसले नेपालीहरुलाई एकै ठाउंमा भेला गराएर आपसी सम्बन्ध विस्तारमा योगदान पुर्याउंदै आएको छ।

Comments
Post a Comment