बीरगंज २५ असोज/ वीरगंजका एक फैन्सी स्टोरका व्यवसायीको रहस्यमय तरिकाले हत्या भएको छ। गए राति करिब १२ बजे वीरगञ्ज उपमहानगरपालिका वडा नं. १२ मीना बजार नजिकै रहेको रुंगटा मार्केटमा रहेको फैन्सी स्टोरका सञ्चालक ५२ वषर्ीय विनोद अग्रवालको टाउकोमा अज्ञात व्यक्तिले चोटिलो बस्तुले प्रहार गरी हत्या गरिएको हो।
मृतक अग्रवालको टाउकोमा चोट लागेपछि अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
मृतक अग्रवालको शव बिहान मृत अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
मृतक अग्रवालको शव पोस्ट मार्टमका लागी वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
आक्रमणकारीको खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सोही मार्केटमा अज्ञात चोरहरुले सोहन पोद्धार र छेदीलाल अग्रवालको सटर फोडेर सामानहरु चोरेका छन्। अग्रवालको मृत्यु हुनुमा चोरहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ।
Comments
Post a Comment