भक्तपुर, १९ माघ। सालीनदी मेलामा भर्न पुगेका केही ठुला बडाको सानो चित्तको पर््रदर्शन गरेको पाइयो। टुरिजम युथ सोसाइटीको अध्यक्ष रामकृष्ण खायमली र उनीसंग आएका सोसाइटीकी सदस्य रमिला दुवालले माधब नारायणको दर्शन गरेर दक्षिणा चढाएनन्। उनीहरुले टिका प्रसाद ग्रहण गराउने ब्रतालु समेत दान दिएनन्। प्रख्यात साहित्कार अमन गोर्साईले पनि दान दक्षिणा दिन चाहेनन्। नेपाल इन्जिीनियरीङ कलेजकी सिभिल इन्जिीनियर रोजी ब्याञ्जूले दान दिन छुटाए। ब्यापारी बिबेकमान कर्माचार्यले भने ठुलाबडाको नाक राख्न माधब नारायणलाई पाँच रुपियाँ दक्षिणा चढाए। मेला भर्न आएका ठुलाबडाको भीडले कुण्डमा स्नान गरेको पनि देखिएन। रविन राचलिका हरीत समूह भक्तपुर
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment