Skip to main content

दलित समुदायको साझा मांगसहितको ज्ञापनपत्र

काठमाडौं, १९ माघ। दलित समुदायका साझा मागहरु सहितको एक ज्ञापन पत्र पत्र विभिन्न राजनीतिक दलित संघ/संगठनका प्रमुखहरुले बुझाएको छ।
    नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जातीय समता समाज, उत्पीडित जातीय उत्थान संघ -एकीकृत), नेपाल सद्भावना दलित मंच, नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ- नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रुपमा आन्दोलनहरू हु“दै आएका छन्। त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्ष सशस्त्र द्वन्द्व र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायतका सबै आन्दोलनहरूमा नेपाली दलित समुदायको महत्वपर्ूण्ा भूमिका रहेको तथ्य इतिहाससिद्ध नै छ। वर्ण्र्ाायवस्थाद्वारा जातपात-छुवाछूत र सामाजिक विभेदको मारमा पारिएका कला, कौशल र सीपका धनी ऐतिहासिक श्रमजीवी दलित संघ/संगठनहरुले समेत आफ्नो समुदायको मुक्तिका लागि विभिन्न चरणमा संयुक्त रुपमा र आफ्नो आफ्नो संगठनको नेतृत्वमा आन्दोलनहरु गरेको कुरा जग जाहेर छ।
    नेपाली समाजमा विशिष्ट समस्याका रुपमा रहेको वर्ण्र्ाादी हिन्दर्ुधर्म एवं सामन्तवादी राज्यसत्ताले श्रमजीवी दलित समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृतिक र शैक्षिक लगायतका सबै क्षेत्रहरूबाट सुनियोजित ढंगले पछाडि पार्दै आएको कुरामा दर्ुइमत हुन सक्दैन। ऐतिहासिक संविधान सभाको निर्वाचन पश्चात पनि नेपाली दलित समुदायका आधारभूत राजनैतिक, आर्थिक, सामाजिक-साँस्कृतिक मागहरु र आकाङ्क्षाहरूलाई अपेक्षित रुपमा राज्यले सम्बोधन गर्न सकेको छैन।
    नेपालमा विद्यमान सबै राजनैतिक दलित संघ/संगठनहरू र सरोकारवाला सबै पक्षका बीचमा हुने एकता र सहकार्यबाट मात्रै संविधान सभा मार्फ निर्माण हुने आगामी नया“ संविधानमा नेपाली दलित मुक्तिका आधारभूत मुद्दाहरूलाई सही ढ·ले संबोधित गराउन सम्भव छ। हालसम्म नेपाली राजनीतिक दलित संघ/संगठनहरुले आरक्षण, प्रगतिशील आरक्षण र विशेषअधिकार सहितका अबधारणाहरु तथा १० वर्षो जनयुद्ध र संघीयताको सवालमा आ-आफ्ना दृष्टिकोण राख्दै आएकोमा तीे विचारहरु आफ्ना संगठनहरुमा यथावत रहने गरी हाललाई दलित समुदायका समग्र हक अधिकारहरू प्राप्तिका लागि देशका प्रमुख राजनैतिक दलित संघ/संगठनहरूको बीचमा २० बुँदे ऐतिहासिक साझा सहमति सम्पन्न भएको छ।
    तर्सथ नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावना, मौलिक हक अर्न्तर्गत समानताको हक, छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक, शिक्षा तथा संस्कृती सम्बन्धी हक, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक, महिलाको हक, सामाजिक न्यायको हक तथा राज्यको दायित्व अर्न्तर्गत दलित समुदायलाई राज्यको सबै अंग र संरचनाहरुमा समानुपातिक समाबेशीको आधारमा सहभागी गराउने जस्ता सम्बैधानिक व्यवस्था हुँदा हुँदै पनि राज्यले र राजनीतिक पार्टर्ीीले पनि आ-आफ्ना संरचनाहरुमा र संविधान सभाको विषयगत समितिहरुको मस्यौदा प्रतिवेदनमा पनि समानुपातिक समाबेशी गराउन नसकेको प्रति हाम्रो गम्भिररुपमा ध्यानाकर्षा भएको छ। राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पनि दलित समुदायका एजेण्डाहरुलाई जुन ढंगबाट प्राथमिकताका साथ अगाडि बढाउनु पर्दथ्यो त्यो हुन नसकेको हाम्रो ठहर छ। राज्यका सम्पर्ूण्ा संयन्त्रहरु जस्तो कार्यपालिका, न्यायपालिका तथा प्रशासनिक निकायहरुमा अझै पनि दलित समुदायको सहभागिता अत्यन्त न्यून रहेको छ। साथै निर्धारित मितिमा संविधान निर्माण हुनुर्ुपर्छ भन्ने हाम्रो साझा धारणा रहेको समेत अवगत गराउदै, अन्तरिम संविधानको भावना र मर्मलाई कार्यान्वयन गराउन समेत हामी विभिन्न पार्टर्ीी आवद्ध राजनीतिक दलित संघ संगठनहरु बीच निम्न मागहरु सबै राजनीतिक पार्टर्ीी समक्ष पेश गरेका छौ। यी जायज मागहरुका बारेमा सबै राजनीतिक पार्टर्ीीले गम्भिररुपमा लिई तत्काल प्रभावकारी कार्यान्वयन गरियोस् भन्ने जोडदार माग गर्दछौ। यदि हाम्रा मागहरु प्रति बेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गर्ने समेत यसै ज्ञापनपत्र मार्फ जानकारी गराउन चाहन्छौं।
हाम्रा मागहरुः
नयाँ संविधानमा सुनिश्चित गर्नुपर्ने मागहरुः
१. आगामी नयाँ संविधानमा मौलिक अधिकारको दलित समुदायको हक अर्न्तर्गत राज्यसत्ताका सम्पर्ूण्ा अङ्ग, निकाय र क्षेत्रहरुमा दलित समुदायमाथि राज्यले जातपात-छुवाछूत र राज्यसंयन्त्रका सम्पर्ूण्ा निकाय तथा क्षेत्रबाट पर्ूण्ारुपमा बञ्चित गरि उत्पीडन गरेको हुनाले दलित समुदायको समानुपातिक प्रतिनिधित्व र दश प्रतिशत क्षतिपर्ूर्तिबापत थप अधिकारको व्यवस्था सुनिश्चित गरियोस्।
    २. संविधानको मौलिक हक अर्न्तर्गत आसन, रासन र शासनमा दलित समुदायको पहु“चलाई सुनिश्चित गरियोस्। साथै दलित समुदाय अर्न्तर्गत गरिबीको रेखामुनी रहेका परिवार र व्यक्तिलाई 'सुविधा कार्डको व्यवस्था गरी यातायात, शिक्षा, खाद्यान्न आदि क्षेत्रमा विशेष छुटको व्यवस्था गरियोस्।
३. वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गरी भूमिहिन, सुकुम्बासी तथा गरीब दलितहरूलाई प्राथमिकताका आधारमा जमिनमाथिको जनमुखी न्यायोचित स्वामित्व सुनिश्चित गरियोस्।
४. राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोगको रुपमा व्यवस्था गरियोस्।
५. सबै राजनीतिक पार्टर्ीी विधानमा जातपात-छुवाछूत र सामाजिक विभेदलाई राज्य तथा मानवता विरुद्धको जघन्य सामाजिक अपराध स्विकार गरी समानुपातिक र समाबेशी सिद्धान्तको आधारमा दलितको सहभागिता सुनिश्चित  नगर्ने राजनीतिक पार्टर्ीीई निर्वाचन आयोगमा दर्ता नहुने संवैधानिक व्यवस्था गरियोस्। 
६. दलित समुदायका विद्यार्थीहरुलाई उच्चशिक्षा -निजी र सरकारी) सम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरियोस्। साथै सबै प्राविधिक शिक्षालयहरूमा पनि समानुपातिक प्रतिनिधित्वमा थप १० प्रतिशत क्षतिपर्ूर्ति सहितको अधिकार सुनिश्चित गरियोस्।
७. दलित समुदायको परम्परागत पेशाजन्य व्यवसायमा आधुनिकीकरण गरी ती पेशाहरुमा दलितहरुको अग्राधिकार सुनिश्चित गरियोस्।
८. दलित समुदायलाई स्वास्थ्य क्षेत्रमा पर्ूण्ा निःशुल्क उपचारको अनिवार्य व्यवस्था गरियोस्।
९. राज्यले सरकारी, अर्ध सरकारी, निजी प्रतिष्ठान, वित्तीय संस्था, वैदेशिक रोजगार र गैरसरकारी क्षेत्रका सबै निकायहरुमा दलितहरुको समानुपातिक प्रतिनिधित्वमा क्षतिपर्ूर्तिबापत १० प्रतिशत थप अधिकार सुनिश्चित गरियोस्।
१०. राज्यद्वारा समग्र महिलाका लागि सुनिश्चित गरिएको सम्पर्ूण्ा अधिकारमा र दलित समुदायले प्राप्त गर्ने सम्पर्ूण्ा अधिकारमा दलित महिलालाई समानुपातिक अधिकारको सुनिश्चित गरियोस्। साथै दलित महिलाहरुका लागि उच्च तथा प्राविधिक शिक्षा, रोजगारी एवं दक्ष जनशक्ति निर्माणका लागि विशेष व्यवस्था गरियोस्।
११. राज्यद्वारा मधेशी समुदायले र दलित समुदायले प्राप्त गरेका सम्पर्ूण्ा अधिकारमा मधेशी दलितको समानुपातिक सहभागिता सुनिश्चित गरियोस्।
१२. दलित समुदायका अपाङ्गहरुलाई राज्यसंयन्त्रको सम्पर्ूण्ा तह, निकाय एवं रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात लगायत गैर सरकारी क्षेत्रका सम्पर्ुण्ा क्षेत्रमा विशेष व्यवस्था सुनिश्चित गरियोस्।
१३. दलित समुदायमाथि जबरजस्ती लादिएको हलिया, बाली घरे, डोली प्रथा, सिनो फ्याक्ने, बोक्सी प्रथा, बाजा बजाउने, सुडेनी, हरुवा, चरुवालगायतका सबै कू-प्रथाको पर्ूण्ा अन्त्य गरियोस्।
नेपाल सरकारले तत्काल पुरा गर्नुपर्ने मागहरुः
१. नेपालको अन्तरिम संविधान २०६३ लाई तत्काल संशोधन गरी राज्यका सम्पर्ूण्ा संयन्त्रहरुमा दलित समुदायलाई हाललाई २३ प्रतिशत सहभागिताको सुनिश्चित गर्ने तथा संविधानको धारा १४ मा संशोधन गरी जातपात-छुवाछूत र भेदभावलाई राज्य तथा मानवता बिरुद्धको जघन्य सामाजिक अपराधको रुपमा उल्लेख गर्दै निजी तथा र्सार्वजनिक कुनैपनि स्थानमा छुवाछूत गर्न नपाईने व्यवस्थालाई सुनिश्चित गरियोस्।
२. राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोगको रुपमा व्यवस्था गरियोस्। ज्ाातपात-छुवाछूत विरुद्धको विधेयक र राष्ट्रिय दलित आयोग सम्बन्धी विधेयक तत्काल वर्तमान सदनबाट पारित गरियोस्।
३. दलित समुदायको परम्परागत पेशाजन्य व्यवसायमा आधुनिकीकरण गरी ती पेशाहरुमा दलितहरुको अग्राधिकार सुनिश्चित गर्दै सम्बन्धित पेशाका विशेषज्ञहरुलाई दक्षताको  प्रमाणपत्र दिएर उचित रोजगारीको व्यवस्था गरियोस्। साथै दलित समुदायका सीप, कला र पेशाको संरक्षण एवं विकासका निम्ति राष्ट्रिय दलित प्रतिष्ठान र संग्राहलयको स्थापना गरियोस्। 
४. शिक्षा क्षेत्रमा दलित विद्यार्थीलाई उच्चशिक्षा -निजी र सरकारी) सम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सबै प्राविधिक शिक्षालयहरूमा र सबै छात्रावासहरूमा दलित विद्यार्थीलाई २३ प्रतिशत सिट सुरक्षित गर्ने, संस्कृत विश्वविद्यालयमा दलितको पहु“च सुनिश्चित गरियोस्।
५. सबै तहका शैक्षिक पाठ्यक्रममा जातपात-छुवाछूत र सामाजिक विभेदको अन्त्य गर्ने सम्बन्धी विषय अनिवार्य समावेश गरियोस्।
६. राज्यले हाललाई कम्तीमा एक विद्यालय एक दलित शिक्षक अनिवार्य नियुक्ति तत्काल गरियोस् र दलित महिलालाई प्राथमिकताका साथ नियुक्ती हुने व्यवस्थाका लागि नीतिगत व्यवस्था गरियोस्।
७. दलित समुदायमाथि जबरजस्ती लादिएको हलिया, बाली घरे, डोली प्रथा, सिनो फ्याक्ने, बोक्सी प्रथा, बाजा बजाउने, सुडेनी, हरुवा, चरुवालगायतका सबै कू-प्रथाको पर्ूण्ा अन्त्य गर्ने कार्यक्रम तत्काल ल्याईयोस्।
८. दलित समुदायलाई स्वास्थ्य क्षेत्रमा पर्ूण्ा निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्नुका साथै गर्भावस्थाको दलित महिलालाई उचित भत्ता सहितको अन्य आवश्यक प्रबन्धको व्यवस्था गरियोस्।
९. दलित समुदायका अपाङ्गहरुलाई राज्यसंयन्त्रको सम्पर्ूण्ा तह, निकाय एवं रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात लगायत गैर सरकारी क्षेत्रका सम्पर्ुण्ा क्षेत्रमा विशेष व्यवस्था सुनिश्चित गर्ने नीति तय गरी कार्ययोजना बनाई तत्काल लागु गरियोस्।
१०. दलित समुदाय अर्न्तर्गत गरिबीको रेखामुनी रहेका परिवार र व्यक्तिलाई 'सुविधा कार्डको व्यवस्था गरी यातायात, शिक्षा, खाद्यान्न आदि क्षेत्रमा विशेष छुटको व्यवस्था गरियोस्।

११. राज्यले केन्द्रदेखि स्थानीय स्तरसम्मका सबै निकायहरूमा बजेट तर्जुमा गर्दा कुल बजेटको २३ प्रतिशत रकम दलित समुदायलाई अनिवार्य छुट्टयाउने नीति तय गरियोस्। साथै उद्योगधन्दा, कृषि र व्यवसाय गर्न चाहने दलित समुदायलाई विनाधितो सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराउने र आवश्यक अनुदानको व्यवस्था गरियोस्। उक्त नीति कार्यान्वयन गर्नका लागि हालको उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिलाई  नाम परिवर्तन गरी अधिकार सम्पन्न "दलित विकास परिषद" गठन गरियोस्।
१२. बादी समुदायभित्रका व्यक्तिहरुमाथि लादिएको अमर्यादित पेशालाई पर्ूण्ा अन्त्य गरी उचित विकल्पको ग्यारेण्टी गरियोस्। साथै नेपाल सरकार र राष्ट्रिय बादी संर्घष्ा समिति बीच भएको सम्झौता कार्यान्वयन गरियोस्।
१३. राज्यका सुरक्षा सेवा, निजामती -राजस्व, शिक्षा, स्वास्थ्य, परराष्ट्र, वन, न्याय, कानून आदि) सेवाको सबै तहका नयाँ भर्ना र वढुवा गर्दा समग्रमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको ग्यारेण्टी गरियोस्।
१४. राज्यले सरकारी तथा निजी आमसञ्चार क्षेत्रमा दलित सम्बन्धी कार्यक्रम र दलित जनशक्तिको प्रतिनिधित्व २३ प्रतिशत अनिवार्य बनाउने नीति तर्जुमा गरियोस्।
१५. सफाई मजदूरलाई आधुनिक उपकरणको उपलव्धतासहित वैतनिक कर्मचारीको रुपमा मान्यता दिनुका साथै यो पेशा परिवर्तन गर्न चाहने मजदुरहरूलाई राज्यले प्रोत्साहन गर्ने नीति लागु गरियोस्। 
१६. दलित अधिकार सुनिश्चितताको लागि एक "दलित विकास तथा सामाजिक न्याय मन्त्रालय"को व्यवस्था गरियोस्।
१७. सबै तहका अदालतहरूमा दलित विशेष इजलास, सम्पर्ूण्ा प्रहरी इकाईहरूमा छुट्टै दलित सेल, सबै स्थानीय निकायहरुमा छुवाछूत अपराध निगरानी केन्द्र, राज्यका तलदेखि माथिसम्मका सम्पर्ूण्ा अ· र निकायहरूमा आवश्यकता अनुसार दलित विषय हर्ेर्ने छुट्टै विभाग गठन गरियोस्।
१८. राज्यले अर्ध सरकारी, निजी प्रतिष्ठान, वित्तीय संस्था, वैदेशिक रोजगार र गैरसरकारी क्षेत्रका सबै निकायहरुमा दलितहरुको समानुपातिक प्रतिनिधित्वमा थप १० प्रतिशत क्षतिपर्ूर्ति सहितको अधिकार सुनिश्चित गरियोस्।
१९.दलित जनसंख्याको वैज्ञानिक तथ्याड्ढ निर्धारणका लागि विशेष दलित जनगणना आयोगको गठन गरियोस्, विवादमा रहेका दलित समुदायभित्रका जातिको पहिचान र दलितहरुको राजनीतिक, आर्थिक, सामाजिक-साँस्कृतिक हैसियतको आधारमा वर्गीकरण एवं सूचीकरण गरियोस्।
२०.नेपाल सरकारद्वारा हालसम्म दलित सम्बन्धी भएका घोषणा, प्रतिवद्धता र विद्यमान ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयन र नयाँ कानून बनाउन पहल गर्न गराउन राजनीतिक दलित संघ/संगठनहरुको सहभागितामा एक उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समिति तत्काल निर्माण गरियोस्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।